
हरेक मानिस आ–आप्mनै शारीरिक, व्यवहारिक र स्वभावले भिन्न भिन्न हुन्छन् । आप्mनै क्षमताका हुन्छन् । त्यस्तै हरेक बालबालिकामा पनि भिन्नै स्वभाव, क्षमता, शरीरिक सक्रियता र मानसिक उत्साह रहेको हुन्छ । हरेक बालबालिकामा पनि हामी ठूला मानिसमा भएको गुण जस्तै हरेक काम आफै र राम्रो गर्ने उदेश्य रहन्छ । आप्mनो अधिकतम ज्ञान र सीपको उपयोग गरेर नयाँ कुरो जान्ने, राम्रो क्षमता प्रस्तुत गर्ने र परीक्षामा उतिर्ण हुने प्रयास गरिरहेका हुन्छन् । उनीहरुमा पनि आफू अगाडि हुनुपर्छ, प्रथम हुनुपर्छ, खेल जित्नुपर्छ, नयाँ कुरो सिक्नुपर्छ भन्ने जस्ता भावना र विचारहरु हुन्छन् । उनीहरु पनि परीक्षामा असफल हुँदा या थोरै नम्बर आउँदा, खेल हार्दा अनि गुरुले सोधेको उत्तर दिन नसक्दा दुखी हुन्छन् । अहएको काम गर्न नसक्दा दुःखी हुन्छन् र सकेसम्म यो अवस्था नआओस भन्नेमा हुन्छन् । खाना चाडो खानुपर्छ, चाडै सुत्नुपछ, केटाकेटीले अरु भन्दा केहि वढी सुत्नु आवश्यक हुन्छ), घरमा सहयोगी हुनुपर्छ, घरका काम गर्नुपर्छ, राम्रो पढनु पर्छ भन्ने भावनामा पनि हुन्छन् । तर हामी घरका ठूला सदस्यले आप्mना छोराछोरीको क्षमता, स्वभाव, चाहना, पढ्न र बुभ्mन सक्ने मस्तिष्कको विकास आदिका बारेमा जानकारी राख्तैनौं । या आप्mना नानीहरुलाई नजिकबाट चिन्ने, जान्ने प्रयास गर्दैनौं । जसका कारण नानीहरु पिडामा हुन्छन् । अझ क्षमता अनुसारको नतिजाको आशा नराखेर उत्कृष्ट खोज्ने गरेका कारण लाखौँ नानीहरु एक किसिमको हिंसा या घरमै र विधालयमा पिडा सहेर जीउन वाँध्य भएको अवस्था छ ।
…………………………………………………………………………………………………….

हामी हरेक मानिस जन्मिदै सबैकुरा जानेर आएका हुँदैन । हरेक कुरा सिक्दै र जान्दै हाम्रो जीवन यहाँसम्म आईपुगेकोमा हामी सबै भुक्तोगी हौं । यो लेख विशेष गरेर ती अभिभावकका लागि हो जसका छोराछोरी अरु भन्दा भिन्नै स्वभाव र क्षमताका छन् । उनीहरुको प्रोत्साहन र सम्पूर्ण आभिभावकलाई ज्ञान होस भन्ने उदेश्यले यो लेख लेखिएको हो । यो लेख साना नानी बाबुहरुलाई कसरी उनीहरुको उचित शिक्षा, स्वास्थ्य अनि मनोभावना बुझेर सिक्ने सिकाउने भन्ने बारेमा केन्द्रित रहेको छ । यो लेखलाई तीन भागमा बाडेर लेखिएको छ ।
१, सर्व प्रथाम त घरमा रहनु हुने आमाबुबा दाजु दिदी र आफन्तजन अनि शिक्षकले बालबालिकाको मनोभावना बुझन सक्नु पर्दछ । हरेक बालबालिका रमाइलो गर्दे विस्तारै खाने, खेल्ने र सिक्ने प्रकृतिका हुन्छन् । यसलाई फन ओरीएन्टेड भनिन्छ । उनीहरु हरेक कुरामा रमाइलो चाहन्छन् । तर हामी अभिभावक भने छिटो काम सकाउने ध्याउन्न(टास्क ओरिएन्टेड)मा हुन्छौं । चाँडो काम सकेर स्कुल पठाउने या आफू अफिस या काममा जाने हतारोमा हुन्छौँ । यसरी बच्चा र आफुमै फरक स्वभाव या सोच भएका कारण हामी र बच्चा बीच असमझदारी वढेर जान्छ । जसका कारण न बच्चाले राम्रोसँग खाना खान सक्दछ न त आमा बुबाले नै समयमा काममा जान पाउनु हुन्छ । यो समस्या धेरैजसो घरमा हुने गर्छ । बच्चाको मानसिकता भन्दा फरक तरिकाले हामी डर त्रास देखाएर या पिटेर खाना ख्वाउन या गृहकार्य गराउने गर्छौ परिणमा बच्चामा एक प्रकारको डर पैदा हुन्छ । उसको भावना विपरीत उसले हरेक कुरामा डर, भय उत्पन्न भयो या डराइयो भने मात्र पढने या खेल्ने अथवा गृहकार्य गर्ने अनि बाहिर निस्किने गर्न थाल्छ । बेलुका सुत्नलाई पनि उसलाई डराउनु पर्ने हुन थाल्छ । यसरी डरले बच्चाको कलिलो मस्तिष्कमा ठाउँ बनाई सकेको हुन्छ । आफू काम गर्दै या मोबाइलमा या टिभी हेरेर बच्चालाई पढ्न या काम गर्न लगाउदा नकारात्मक असर पर्छ । साना नानीहरुलाई चुरोट किन्न पठाउने या मादक पदार्थ किन्न पठाउनु गलत हुन्छ । यस्ता बच्चा पछि पनि डराउने प्रकृतिका हुन्छन् र राम्रो काम गर्न र सफल बन्न कठिन हुन्छ । या सानैमा कुलतमा पर्ने दर उच्च हुन जान्छ ।
त्यसैले बच्चालाई बरु केही समय अगावैदेखि खाना ख्वाउने, गृहकार्य गर्न र समयमै सुत्न प्रोत्साहन गर्ने । सबैभन्दा राम्रो आप्mना नानिहरुसँग रमाउन आफूले पनि सिक्नु पर्दछ । जस्तै खाना खुवाउदै आफू पनि खाने, बच्चालाई गृहकार्य गराउँदा डराएर होइन प्रोत्साहन दिएर सिकाउनु पर्दछ या लेखाउनु पर्दछ । जस्तै नानीले त कति राम्रो अक्षर लेख्यो, यो गृहकार्य सकेपछि एउटा कथा सुनाउला या एकछिन घुम्न बाहिर जाउँला या मिठो चकलेट दिउँला यस्तै यस्तै । यसो गरेसँगै आफू पनि केही पढने या केहि लेख्ने । उसैसँग रमाएको भान बच्चालाई लागोस । यसले गर्दा तपाइलाई बच्चाले पत्याउँछ र आमा बुबा या अरु कोही भए पनि मन लगाएर पढ्छ या सिक्छ । यसले बच्चा निडर, ज्ञानी र बुद्धिवान बन्दछ । उसलाई कौतुहल र जिज्ञासा पैदा गर्ने वातावरण या क्रियाकलाव हुनु पर्दछ । जसले गर्दा उसको मस्तिष्कको विकास पनि राम्रो हुन्छ । उसमा कल्पना गर्ने शक्ति वढेर जान्छ । महान बैज्ञाानिक अल्वर्ट आइन्सटाइनले त जोड दिएर भनेका छन् । बच्चालाई कथा सुनाउ । धेरै कथा सुनाउ अनि कसैको बाल जीवनी सुनाउ । कुनै डर लाग्ने तर्सिने र नकारात्क सन्देश जाने कुरा नगर । डर लाग्ने या डराउने कुनै प्रकारका व्यवहार नगर । पढन मानेन भने लेख्न सिकाउ । लेख्न मानेन भने खेल्न सिकाउ । खेल्न जनेन भने बोल्न सकिाउ । बोल्न जानेन या मानेन भने गाउन या नाच्न सिकाउ । त्यो पनि मानेन या चासो दिएन भने के गर्न चाहन्छ त्यही गराउ । जस्तै ड्रोइङ गर्न, भान्सामा सघाउन, उसैसँग खेल्न अथवा मोबाइलमा पाइने सुन्दर खेल, कथा या प्रेरक व्याक्तिका भनाई हेर्न र सुन्न । यो हेरेर पढानु पर्छ है भनेपछि बच्चाले अवस्य मान्ने छ । खाना खान मान्दैन भने कथा सुनाएर या खाएपछि यो गरौला भने पनि बच्चाले चाडो खान्छ र समयमै काम सकिन्छ । होमवर्क बच्चाको शारीरिक हाउभाउ बुझेर पनि गराउन सकिन्छ । जस्तै मिठो गित सुनेर पनि केटाकेटी होमवर्क गर्न सक्छन् । आफु नाचिदिएर या लुकेर पनि लेख्न सक्छन् या आफै क, ख, ग ,घ भनेर या १ ,२, ३, ४ भन्दा पनि गृहकार्य गर्न सक्दछन् अथवा आज नानीले भनेको खाना पकाउँछु भन्दा पनि लेख्न या पढन सक्दछन् । बाबुले राम्रो अंक ल्यायो भने उपहार दिन्छु भन्दा या एक छिन रमाइलो गरेर अनि पढौ भन्दा पनि उनीहरु तयार हुन्छन् । यसलाई भनिन्छ फन आरिएन्टेड अथवा रमाइलो गर्दै खाने, या पढने, पढाउने ।
तर यसको विपरित यदी हामीले विद्यालयमा या घरमा डराउदै, कुटदै या अन्य तरिकाले पढायौं या खाना ख्वायौं भने उसमा सदाका लागि डर बस्छ र उसले अरुलाई पनि त्यही व्यवहार गर्छ । र आफू सधै डरपोक बन्दछ । पछि ठूलो भएपछि उसले पनि आप्mना सन्तानलाई त्यस्तै व्यवहार गर्न सक्दछ । बच्चालाई अझ सुत्ने बेलामा डराउनै हुँदैन । डरलाग्दो कथा पनि भन्नु हुँदैन । निद्रामा त्यस्तै सपना आएर बच्चा सुत्न डराउने या एक्लै सुत्न र बाहिर जान पनि डराउने गर्न सदक्छ । अर्को उदाहरणमा आज बच्चाले केहि काम बिगार्यो या कसैलाई कुट्यो या कुटाइ खाएर आयो भने सर्व प्रथम उसलाई माया देखाउनु पर्छ ढर होइन । बच्चा त पहिले नै डराएको हुन्छ । बरु के कारण हो विस्तारै पत्ता लगाउनु पर्दछ र असल खराब बारे जानकारी गराउन पर्दछ । यसो गर्दा बच्चालाई राम्रो या नराम्रो काम अनि गर्न हुने र नहुने भन्ने बारे थाहा हुन्छ । काम बिग्रियो वा सामान झरेर खराब भयो या फुट्यो भने उसलाई बुझाएर भन्नुपर्छ ताकी उसले फेरी त्यही गल्ती नगरोस ।
विद्यालयमा पनि शिक्षकले कराउने, पिटने या अन्य सजाय दिनु भन्दा उही गृहकार्य भोली गर्न लगाउने या तिमले किन गर्न सकेनौ भनेर कुरा बुझने गर्नु राम्रो हो । बच्चाले नजानेर, समय नपाएर या आँखाको कमजोरीले या अन्य कारणले नगरेको हुन सदक्छ । एकै पटक सजाय दिँदा उसमा डर पैदा हुन्छ र उसले सजाय नपाउन अनेक बाहना या ढाट्ने गर्न सक्दछ । यसरी बाहाना बनाउने र ढाटने, चोरी गर्ने आदत बस्न सक्दछ । यसमा अझ शिक्षकले त विद्यार्थीको सिकाइको रुचीमा र उसको क्षमताको पनि अध्ययन गर्नु पर्दछ । मैले यति पढाए भन्दा पनि विद्यार्थीले कति बुझे र कति जीवन उपयोगी कुरा सिकाउन सके भन्ने कुरा महत्वपूर्ण हुन्छ । घोकाएर, डर देखाएर परीक्षामा राम्रो उतिर्ण भएका विद्यार्थी भन्दा कुरा बुझाएर सामान्य ज्ञान दिएर खुसी बनाएर पढेका विद्यार्थीले भविष्यमा प्रगति गरेको हामीले देखेका छौँ ।
आजकल साना नानी या हामी ठूलै पनि घर बाहिर कमै निस्किन्छांै । घरमै टिभी ,मोबाइल आदिमा रमाउछाँै । यसो गर्दा नानीहरुले पनि यही सिक्छन् । उनीहरु पनि बाहिरी खेल या बाहिर जानुभन्दा घरमै रहन र जंक फुड( बजारे खान)मा रमाउन चाहन्छन् । हामीले टिभी या मोबाइल हेरेपछि नानीहरुले पढ्ने त कुरै भएन । आफूले जो गर्यो, जे र जस्तो बोल्यो, जस्तो व्यवहार घर परिवारका सदस्यलाई गर्यो उनीहरुले पनि त्यही गर्ने हुन । त्यही सिक्ने हुन् । केटाकेटीलाई बाहिर जान, खेल खेल्न, घरमै बनाएका खानेकुरा खान अनि संस्कार सिकाउने हामीले नै हो । आफू बसेर केटाकेटीलाई मात्र काम लगायो भने उनीहरुमा पनि त्यही विश्वास बस्छ र उनीहरु पनि त्यही व्यवहार गर्न पुग्छन् ।
२, बच्चाको मनोविज्ञानमा प्रत्यक्ष सरोकार राख्ने विषय तल लेखिएका छन् । पहिलो बच्चासँग घटेको कुनै पनि सानो या ठूलो घटना । घटनापछि आएको भावना । त्यसपछि विश्वास र अन्तिममा व्यवहार । यसलाई उदाहरणबाट बुझ्न सकिन्छ । आज बच्चाले बाटामा झगडा गरेर या कुटाई खाएर आयो । यो घटना भयो । यो घटनाबाट बच्चा डराएर घर आएको छ । उसलाई घरमा के गरिन्छ जस्तै अरु डराइन्छ (स्कुलमा भनिदिन्छु या बुबाले पिटनु हुन्छ आदि आदि) । माया गरेर करा बुझने प्रयास गरिदैन । यदि अरु डराइयो भने बच्चाले पिटाइ खने डरले भन्दैन् बरु ढाट्छ । यदि फकाएर खुसी पारियो भने सबै यथार्थ भन्छ र सामाधान सहज हुन्छ । यो अवस्था भनेको विश्वास या बच्चाको भावना हो । यदि उसले राम्रै काम गरेको रहेछ र कुटाई खायो भने उसको मस्तिष्कमा राम्रो काम गर्नु नहुने रहेछ दण्डीत हुइने रहेछ भन्ने विश्वास पैदा हुन्छ । जसले ऊ राम्रा भन्दा नराम्रा काममा चासो राख्छ र ऊ सदाका लागि यस्तै विश्वासमा रहन्छ कि राम्रा काम गर्यो भने सजाय पाइन्छ । यसरी पटक पटक उसले गरेका कामको चासो या असल खराब नबुझी दण्ड दिने हो भने ऊ यस्तै काममा उत्साहित हुन्छ र जीवनभर यस्तै काम गर्छ । जस्तै सानैमा पैसा चोर्ने, सामान चोर्ने, अहएको काम नगर्ने, राम्रो कुरा गर्दा पनि नराम्रो सम्झिने । यसलाई भनिन्छ व्यवहार । यो अवस्थामा बच्चालाई सुधार्न मुस्किल हुन्छ । त्यसैले बच्चालाई डर होइन माया दिउुँ, टाढा होइन नजिक राखौँ, मिठो नमिठो खान सिकाआँ। अभाव र वास्तविकता दर्साउ । छुट्टीमा आफुले गर्ने काम देखाउन लैजाने गरौँ । अफिस लैजाने गरौँ । काममा हात वाढ्न सिकाऔँ । काम बिगार्छ भनेर गर्न नदिने होइन गर्न दिएर, विगार्न दिएर सिकाऔँ । काम भनेको बिगारेर नै सिकिने हो । जसरी बच्चा लडेर मात्र हिड्न सिक्छ । भोकै रहेर मात्र भोक बुझिन्छ । नाङ्गो भएर मात्र कपडाको महत्व थाहा हुन्छ । अभावले मात्र मेहेनत सिकाउँछ ।
३, हरेक बच्चाको पढने, सिक्ने, खेल्ने, दौडिने, काम गर्ने क्षमता एकै हुँदैन । क्षमता अनुसार नाीहरुले सिक्छन् । कुनै शरीरिक रुपमा कमजोर हुन्छन् भने कोही मानसिक रुपमा । कोही मानसिक रोगी हुन्छन् । अथवा मानसिक विकासको कमी हुनेले अरुको तुलनामा पढन, लेख्न, खेल्न सक्तैनन् । यसको अर्थ उनीहरुलाई नपढाउने नखेलाउने होइन । उनीहरुले सुरुमा जे खेल्न सक्छन् त्यही खेल्न प्रोत्साहन गर्ने हो । के पढन रुचाउँछन् त्यही पढाउने हो । विस्तारै अरु सिकाउँदै जाने हो । कुनै नानीहरु परिक्षमा राम्रो लेख्न सक्तैनन् तर सबै कुरा जानेका हुन्छन् । यस्ता बच्चालाई झनै प्रोत्साहन दिनुपर्छ परिक्षा मात्र सबैकुरा होइन भनेर बुझाउनु पर्छ । (आइन्सटाइन पनि पढन नजानेर विद्यालयबाट निकालिएका थिए । पछि उनी बैज्ञानीक भए ।) यस्ता सकारात्मक व्यवहार र उदाहरणले बच्चामामा आत्मविश्वास वढेर जान्छ र पुनः राम्रो लेख्न सक्छ । बच्चमा व्यवहारिक ज्ञान पनि हुनुसक्छ । व्यवहारिक ज्ञान र असल सोच अनि कल्पना शक्ति र चन्चल पना केटाकेटीमा हुनपर्ने आवश्यक कुरा या गुण हुन । यदि तपाइको बच्चा कुनै कुरामा घोत्लिन्छ या केही भन्न या गर्न खोच्छ भने त्यसमा प्रोत्साहन गर्नु पर्दछ । उसको भावना र सोचको सम्मान गर्नु पर्दछ । यदि माथिका मध्ये एउटै मात्र गुण तपाइले दिन सक्नु भएको छ या उनीहरुले सिकेका छन् भने अरु राम्रा गुण र क्षमता विस्तारै वढदै जाने छन् ।
अन्त्यमा, तपाइको बच्चाले बोलाउने वित्तिकै या कतैबाट आउने वित्तिकै उसँग बोल्नुहोस । उसका कुरा सुन्नुहोस । यो राम्रो यो नराम्रो छुट्याउन सिकाउनु होस । बच्चालाई समय दिनुहोस । उसैसँग रमाउन र उसको भावना बुझने र सम्मान गर्न सिक्नुहोस । तपाई ठान्नुहोस उनीहरुका कुरा नै र उनीहरुका भावना नै तपाईका भावना हुन् । आज तपाईका छोराछोरी असल र ज्ञानी बन्न सके भने मात्र तपाइको भोलि सुन्दर हुनेछ । तपाइले कमाएको नाम र पैसाको उचित सदुपयोग हुने छ । भविष्य गर्व गर्न लायक हुँने छ । आज लाखौँ मानिसहरु छोराछोरीका कारण पिडीत छन् । यो हुनुमा एउटा मुख्य कारण समयमै छोराछोरीको भावना नबुझेर हो । उनीहरुमा बुबाआमाको महत्व र आवश्यकताका बारेमा ज्ञान दिन नसक्नु हो । छोराछोरीलाई घरमा नराखेर होस्टल या अन्तै राखेर हो । अझ आजकल त इन्टरनेटको जमाना छ । उनीहरु तपाईका कुरा भन्दा नेटका कुरालाई विश्वास गर्छन । त्यसैमा रमाउन चाहन्छन् । यसले साना नानीहरुमा पनि नराम्रो लत बसेको छ । चाडै रिसाउने भएका छन् । खाना राम्रसँग नखाने या मोबाइल नहेरी या टिभी नहेरी नखाने भएका छन् । यसको मुख्य कारण आफुले समय दिन नसक्नु र अन्य सामान किनीदिएर आफु टाढा रहन खोज्नु हो । समय समयमा घुमाउन नलैजानु, उनीहरुका कुरा नसुन्नु, एकै पटक गाली गर्नृ, सँगै नबस्नु आदि । त्यसैले हरेक आमाबुबालाई जीवनको पहिलो प्राथमिकता आप्mना सन्तानलाई दिन र उनीहरुको भावनालाई बुझन अनुरोध गर्दछु ।
(लेखक रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक हुन् )