
रोशन विष्ट - नेपाली कांग्रेस दमक नगर समितिका सभापति समेत रहेका उनी यसपटक पनि सभापतिमा दोहोरयाँउने तयारीमा छन् । १३ औं महाधिवेशनमा क्रियाशील सदस्यहरुबाटै चुनिएका उनी यसपटकको निर्वाचनमा भने क्रियाशील सदस्यहरुले चुनेका क्षेत्रीय प्रतिनिधिहरुको मतको अपेक्षा गर्दै चुनावी मैदानमा समूह बनाएर उत्रिएका छन् ।
उनीसंगको प्रतिस्पर्धामा अहिले उनकै नेतृत्वको नगर समितिका सचिव प्रकाश प्रसाइँ र अघिल्लो निर्वाचनका प्रत्यासी पर्शुराम रिजाल छन् ।बिद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा होमिएका उनी नेविसंघ झापाको जिल्ला सदस्य हुँदै जिल्ला सभापति समेत भइसकेका छन् । कांग्रेसका प्रभावशाली नेता मानिएका डा. शेखर कोइराला,गुरुराज घिमीरे, गगन थापा, सरिता प्रसाईसहितका समूहबाट प्यानलनै वनाएर उनको टिम निर्वाचनमा होमिसकेको छ । पार्टीलाई थप गतिशील बनाउन तथा अधुरा कामहरुलाई पूरा गराउन फेरि एकपटक नेतृत्व दिन उनले क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरुसंग आग्रह गरिआएका छन् । प्रस्तुत छ : दमक २ निवासी युवा नेता विष्टसंग पार्टीको अधिबेशनको विषयमा गरिएको कुराकानी ।
नगर अधिवेशनको तयारी कहाँ पुग्यो ?
हामीले पार्टीले सर्कुलर गरे बमोजिम वडा तहको अधिवेशन नगरका १० वटै वडामा सम्पन्न गरिसकेका छौं । कतिपय वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ कतिपयमा निर्वाचनको प्रकृया पनि अपनाउनु परेको छ । हामीले वडा अधिवेशन मार्फत वडा सभापतिसहित वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरु चुनेका छौं । सबैको साथ सहयोगबाट अधिवेशन सभ्य रुपमा सम्पन्न भएको छ । म यसै मिडिया मार्फत यसमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । निर्वाचित सबै नेता कार्यकर्ताहरुमा बधाई पनि दिन चाहन्छु । वडाको अधिवेशन सकिएपछि तत्कालै नगर अधिवेशन हुने सेडुल थियो । पछि केन्द्रबाट नै कार्यतालिका संशोधन भएर आएको कारण अब हामी ९ असोजमा नगर अधिवेशनको तयारीमा छौं । सबै साथीहरु अधिवेशनको दौडाहामा हुनुहुन्छ ।
तपाइँ आफनो कार्यकाल सकिएपछि पनि किन दोहोरयाउन चाहनु भएको हो ?
हो मलाई १३ औं अधिवेशनबाट सभापतिको जिम्मेवारी दिइएको थियो । राजनीति त्यति सहज बिषय होइन । निक्कै कडा मेहनत, परिश्रम र लगनशीलताबाट मात्रै यसलाई सञ्चालन गर्न सकिँदो रहेछ । म पनि त्यो बेला भर्खर बिद्यार्थी राजनीतिमै थिएँ भने पनि हुन्छ । तथापी मैंले सबै आदरणीय नेता ज्यूहरुसंगको सहकार्य, सहयोग र सदभावका कारण आफनो कार्यकाल पूरा गर्ने चरणमा छु । मैंले मेरो कार्यकालमा पार्टीको बार्षिक योजना र क्यालेण्डर अनुसारका सबै कार्यक्रमहरु सम्पन्न गरें । मेरै कार्यकालमा कोरोना महामारीले पनि छोयो । अहिले पनि कोरोनाको त्रास हटन सकेको छैन । तथापी हामी नगर अधिवेशनको सन्मुखमा आइपुगेका छौं । मैंले मेरो कार्यकालमा शुरु गरेका केही महत्वपूर्ण कामहरु पनि छन ति कामहरु पूरा गर्न पनि र विगतको अनुभवबाट सिकेर अब एक कार्यकाल उदाहरणीय कार्यकालका रुपमा स्थापित गर्न फेरी नगर सभापतिमा उम्मेदवारी दिने योजना बनाएको छु ।
…………………………………………………………………………………………………….
मेरो कार्यकालमा ऐतिहासिक स्थानीय तह, प्रदेश र संघीय निर्वाचन क्षेत्रको निर्वाचनहरु भएका छन । यसमा केवल एक तहको एउटा निर्वाचनको मात्रै कुरा गरेर स्तर गिरेको भन्न मिल्दैन । फेरी निर्वाचन त रोशन विष्ट लडेको होइन नि हाम्रो पार्टी नेपाली कांग्रेस लडेको हो । परिणामको जिम्मा मैंले एक्लै लिनुपर्छ भन्ने तर्क नै गलत छ यहाँ त नगर सभापति भन्दा माथि ३ र ४ तहका नेता ज्यूहरु पनि हुनुहुन्छ ।
उहाँहरुसहित हामी सबै निर्वाचन परिणामका भागिदार हुनुपर्नेमा हो जस्तो मलाई लागेको छ । उम्मेदवार र पार्टीबीच चुनाव लगत्तै बुझाईमा केही फरक परेको हो तर यि सबै कुराको समिक्षा र बहस पार्टी भित्र , बैठक, सभा कक्षमा हुनुपर्नेमा बाहिर किन भइरहेको छ ?
यसले हामीलाई कतातिर लगिरहेको छ ? म उहाँहरुलाई प्रश्न गर्न चाहन्छु । अर्को कुरा मेरो कार्यकालमा यहाँ संघ संस्थाका निर्वाचन पनि त भएका छन ति सबैमा हाम्रो पार्टीको मात्रै होइन सबै पार्टीको सहभागिता थियो । अरु पार्टी भन्दा कमजोर परिणाम हामीले ल्याएको जस्तो लाग्दैन । हामीले दमकका धेरै संघ संस्थाहरुमा आफ्नो उपस्थिती देखाएका छौ । निर्बाचनमा जादा कि जित्छौं, कि सिक्छौं हामीले सिकेका छौ अब आउने निर्बाचनमा जित्छौं ।
………………………………………………………….
तपाइँको उम्मेदवारीमा नेता, कार्यकर्ताहरुको साथ कतिको पाउनु भएको छ ?
पाएको छु । शत प्रतिशत भन्ने कुरा त कहीं पनि हुँदैन तर पनि ठुलो हिस्साले मलाई पुन एकपटक नगर सभापतिको जिम्मेवारी सम्हाल्नु पर्ने म्याण्डेड दिनेछ भन्ने लाग्छ । महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला नेताहरुसंगै कार्यकर्ताहरुको ठुलो समुहले मलाई सबैलाई समेटेर एकपटक नगर नेतृत्व गर्न भन्नु भएको छ म उहाँहरुको पूर्ण साथ , सहयोग र समर्थनबाट नै फेरी एक कार्यकालका लागि सभापति बन्ने सोचमा छु ।
नगरमा आफैं नेतृत्व दाबी गर्दै हुनुहुन्छ, नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास किन नगर्नु भएको हो ?
सर्वसम्मतिका लागि हामीले प्रयास नगरेको भन्न पटक्कै मिल्दैन । मैंले बारम्बार भनिरहेको छु र अझै पनि भन्छु सहमति, सहकार्य र एकता आजको आवश्यकता हो । आउनुहोस सबै मिलेर अघि बढौं, वार्ता र सम्वादका लागि हामीले ढोका खुल्ला राखेका छौं । म सबै नेता तथा कर्याकर्तामा सहमतिको बाटो बन्द नभएको पनि अनुरोध गर्न चाहन्छु । यो पार्टीको अधिबेशन हो ।
सबैले एक अर्कालाइ सम्मान गर्नुस स्वस्थ प्रतिस्पर्धा गर्नुस जसले हाम्रो सामाजिक जीवन पनि कायम राखोस । म संगै कार्यसमितिमा रहनु भएका साथीहरु पनि फरक फरक टिममा हिडनु भएको छ यसमा मलाई दुख लागेको छ ।
तपाइँको कार्यकालमा स्थानीय निर्वाचनमा पार्टीको स्तर तल झरेको छ नि होइन ?
हो मेरो कार्यकालमा ऐतिहासिक स्थानीय तह, प्रदेश र संघीय निर्वाचन क्षेत्रको निर्वाचनहरु भएका छन । यसमा केवल एक तहको एउटा निर्वाचनको मात्रै कुरा गरेर स्तर गिरेको भन्न मिल्दैन । फेरी निर्वाचन त रोशन विष्ट लडेको होइन नि हाम्रो पार्टी नेपाली कांग्रेस लडेको हो । परिणामको जिम्मा मैंले एक्लै लिनुपर्छ भन्ने तर्क नै गलत छ यहाँ त नगर सभापति भन्दा माथि ३ र ४ तहका नेता ज्यूहरु पनि हुनुहुन्छ ।
उहाँहरुसहित हामी सबै निर्वाचन परिणामका भागिदार हुनुपर्नेमा हो जस्तो मलाई लागेको छ । उम्मेदवार र पार्टीबीच चुनाव लगत्तै बुझाईमा केही फरक परेको हो तर यि सबै कुराको समिक्षा र बहस पार्टी भित्र , बैठक, सभा कक्षमा हुनुपर्नेमा बाहिर किन भइरहेको छ ?
यसले हामीलाई कतातिर लगिरहेको छ ? म उहाँहरुलाई प्रश्न गर्न चाहन्छु । अर्को कुरा मेरो कार्यकालमा यहाँ संघ संस्थाका निर्वाचन पनि त भएका छन ति सबैमा हाम्रो पार्टीको मात्रै होइन सबै पार्टीको सहभागिता थियो । अरु पार्टी भन्दा कमजोर परिणाम हामीले ल्याएको जस्तो लाग्दैन । हामीले दमकका धेरै संघ संस्थाहरुमा आफ्नो उपस्थिती देखाएका छौ । निर्बाचनमा जादा कि जित्छौं, कि सिक्छौं हामीले सिकेका छौ अब आउने निर्बाचनमा जित्छौं ।