सभापतिका दाबेदार बोखिम भन्छन ‘कुनै पनि निर्वाचनमा म टिकट लिन्न’

दमक,२७ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुुला बोखिमले आफू सभापति भएपछि आफनो कार्यकालभर संसदीय फाँटका कुनै पनि तहमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
नगर सभापतिको प्रमुख दाबेदार मध्येमा पर्ने युवा नेता बोखिमले आज झिलझिलेमा पत्रकारहरुसंगको अन्तरक्रियामा कांग्रेस अधिवेशन आन्तरिक हुनुपर्नेमा केही समूहले अन्य प्रतिस्पर्धी दलसंगको निर्वाचनमा जस्तै प्रचार प्रसार गरिरहेको भन्दै आलोचना गरे ।
उनले आफनो कार्यकालमा पार्टी भित्र सबै खाले स्थानीय गुटहरुको अन्त्य गर्दै साझा कांग्रेस निर्माण गर्ने उदघोष पनि गरे । उनले भने –‘ म सबैको साझा कांग्रेस बनाउन लाग्नेछु मेरो कार्यकालमा म आफैं संसदीय फाँटका कुनै पनि निर्वाचनमा टिकट लिने छुइन पार्टीका सक्षम र योग्य नेता कार्यकर्तालाई अवसर दिनेछु र सिंगो पार्टीलाई बहुमत स्थानमा जिताउन भुमिका खेल्नेछु ।’
२०५६ सालदेखि नेपाल तरुण दलबाट पार्टीको राजनीतिमा सक्रिय बोखिम तरुण दलको जिल्ला सदस्य हुँदै केन्द्रिय महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।
उनले १३ औं महाधिवेशनमा नगर सदस्य पदमा सर्वाधिक मत पाएर जित हासिल गरेपछि हाल नगर उपसभापतिका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । ११ वटा वडा रहेको शिवसताक्षीमा पार्टीको वडा अधिवेशनले चार वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ भने ७ वटा वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको छ । नगरमा कूल ३७४ जना क्षेत्रीय प्रतिनिधिहरु मतदाताका रुपमा छन् ।

Leave a Reply

Your email address will not be published.