आफ्नै घरबाट खसेर एक जनाको मृत्यु

मेचीनगर, २५ भदौ । झापाको मेचीनगरमा घरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं १२ सहरेडाँगी बस्ने अन्दाजी ४० वर्षीय दिलिप चेम्जोङ्ग रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ आफ्नै घरको दोश्रो तल्लाबाट खसेर गम्भीर घाइते भएका चेम्जोङ्गलाई बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.