
दमक,२५ भदौ । नेपाली कांग्रेस दमकको भदौ २७ गते हुन गईरहेको नगर अधिबेशनको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाश प्रसाईको समूहले पदाधिकारीमा प्यानल उम्मेदवारी घोषणा गरेको छ ।
आफना समूहलाई नजिकिएको नगर निर्वाचनमा विजयी गराउन उद्घोषसहित प्रसाई नेतृत्वको समूहले उपसभापतिद्धयमा युवराज (सागर ) खनाल र मीना कोइराला , सचिवद्धयमा नवराज ढकाल दिनेश अग्रवाल,सहसचिवमा नवराज न्यौपाने र मणि लिम्बूलाई उठाउने निश्चित भएको हो ।
सभापतिका प्रत्यासी प्रसाईको समूहले औपचारिक रुपमा प्यानल सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ । उम्मेदवार प्रसाई पार्टीका वर्तमान नगर सचिव तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।
यसैगरि नेविसंघका पूर्व जिल्ला सभापति समेत सभापतिका प्रत्यासी पर्शुराम रिजालले पनि आफनो समूहबाट प्यानल उम्मेदवारी घोषणा गरेको छ ।
पार्टी सभापति शेरवहादुर देउवा समूहबाट प्रत्यासी रिजालको समूहबाट उपसभापतिद्धयमा प्रेम भट्टराई, सचिवमा रामचन्द्र अधिकारी ,सहसचिवमा विजय राई र रमुना चापागाईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरि पार्टी सभापति रोशन विष्टले आफूसहित सचिवमा दिपेश दाहाललाई सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सिटौला समूहबाट अलग भएका विष्टले कुनै समूह विना आफू सभापतिमा पुनः उम्मेदवारी दिने तयारीमा लागेका छन् ।
नगर निर्वाचनमा पार्टीको वडाबाट निर्वाचित वडासभापतिसहित क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् ।
काँग्रेस महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा
सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनमा विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका नेता शर्माले बिहीबार सुन्दरीजलबाट महामन्त्री पदको उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।
मैले भन्दै आएको छु, म प्रवक्ताबाट रिटायर्ड हुन नेपाली काँग्रेसमा आएको होइन,आज हरितालिका तीज जस्तो पवित्र पर्व र विपी जयन्ती दुवै एकसाथ परेको सुन्दर र अझ राम्रो दिन पारेर उम्मेदवारी घोषणा गरेको शर्माले उल्लेख गरेका छन् । सुन्दरीजलको माटो र विपी गणेशमान सिंहमा शीर राखेर उम्मेदवारी घोषणा गर्ने योजनाअनुरुप आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।यसअघि कांग्रेस नेता गगन थापाले पनि महामन्त्रीमा आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् ।