
चुलाचुली ,२२ भदौ । ईलाम, चुलाचुली गाउँपालिकामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । स्थानीय निकाय अन्तगर्तका कर्मचारीहरुको आज भएको एक भेलाले गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रको संयोजकत्वमा स्थानीय तह कर्मचारी हकहित मञ्चको तदर्थ समिति गठन गरेको हो ।
समितिको सह–संयोजकमा निर्मला घिमिरे, सचिवमा शान्तिराम रिमाल, सह–सचिवमा एकेन्द्र बाँस्कोटा र कोषाध्यक्षमा डिल्लीराज खड्का चयन भएका छन् ।
त्यसैगरी तदर्थ समितिका सदस्यहरुमा बिनोद खत्री, अनिल राई, क्षितिज दाहाल, तिर्थराज खरेल, दुस्यन्त दाहाल, तारा काप्mले, ठगबहादुर तिम्सिना, पदम पौडेल, रिता पोख्रेल लगायत रहेका छन् । त्यसैगरी भेलाले मिलन कुमार भट्टराईको संयोजत्वमा विमला राई र गोविन्दप्रसाद ढकाल सदस्य रहेको एक सल्लाहकार समिति समेत गठन गरेको छ ।
संघिय मामिला मन्त्रालयले स्थानीय तह अन्तर्गतका कर्मचारीहरुलाई कर्मचारीनै नमानेको, निजामति कर्मचारीको परिभाषाबाट बाहिर राखेको, सेवासुबिधाको बिषयमा नीतिगत व्यवस्था नगरेको, बिभिन्न किसिमका तालिमहरुबाट बन्चित गराएको लगायतका माग राख्दै त्यस बिरुद्ध सरकारलाई ध्यानाकर्षण गराईने गठित समितिका सम्योजक मिश्रले जानकारी दिए । बिभिन्न दबाबमूलक आन्दोलनबाट पनि आफुहरुका मागमा सम्बोधन नगरिए कडा किसिमका आन्दोलन गर्दा आफुहरु बाँध्य हुने पनि संयोजक मिश्रले चेतावनी दिए ।