
दमक,१६ भदौं । नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि समेत रहेका दलित अभियान्ता अमर बराईलीद्धारा लिखीत नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेशन बिशेषाङक पुस्तकको यहाँ बिमोचन गरिएको छ ।
दमकस्थित कांग्रेस पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच विशेषाङकको कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमीरेले विमोचन गरे ।
विशेषाङकको विमोचन गर्दे उनले कांग्रेसको आसन्न १४ औ महाधिबेशनलाई कांग्रेस पूर्नसंरचनाको प्रस्थान विन्दु बनाउनुपर्ने जोड दिए । विगतका कमजोरी संझेर रुनेर र उपलव्धि संझेर अतिगौरव गरेर नपुग्ने भन्दै उर्जासहितको नयाँ कांग्रेस बनाउनु पर्ने उनको भनाई छ ।
दलित अभियान्ता समेत रहेका लेखक बराइलीले पार्टीको गतिविधिहरुलाई समेटर बिशेषाङक प्रकाशित गरिएको बताए ।
कांग्रेस नगर सभापति रोशन बिष्टको अध्यक्षतामा भएको विशेषाङक उद्घाटनमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टी सचिव प्रकाश प्रसाईले गरेका थिए ।