फरार प्रतिबादी गाँजा सहित पक्राउ

मोरङ, १२ भदौ । मोरङका एक जना लागूऔषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् ।

गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागूऔषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु ५० हजार सहित पक्राउ गरेको हो । माझीलाई मोरङ जिल्ला अदालतले लागूऔषध मुद्धामा गत २०७५ पुस ५ गते ६ महिना ५ दिन कैद र जरिवाना रु३ हजार फैसाला गरेको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप लिई अनुसन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published.