लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


बुटवल, २७ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन्।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले अब पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिएकोबारे जानकारी गराउँदैछन्। मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए। आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो।

पोखरेल ४१ महिना २४ दिन मुख्यमन्त्री रहे। भावी मुख्यमन्त्रीका रूपमा विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई अगाडि सारेका छन्।

Leave a Reply

Your email address will not be published.