दुर्घटनामा परि वडा सदस्य राईको मृत्यु

इलाम ,३१ असार । मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ्ग वडा नं ४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको छ ।घर फर्कने क्रममा दमक- रबी सडक खण्डको रतुवा पुल नजिक आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सदस्य राईको मृत्यू भएको हो ।
बुधबार साँझ मे ८ प ६०४ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका राई मोटरसाइकलसँगै सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.