१८ वर्षमाथिलाई भेरोसेल खोप लगाईदैं

पथरीशनिश्चरे, १६ पुस । मोरङको पथरीशनिश्चरे नगरका वडाहरुमा १८ वर्षमाथिकाले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन पाउने भएका छन् । हिजो पूस १५ गतेदेखि १९ गतेसम्म १८ वर्षमाथिका खोप लगाउन छुटेकाहरुका लागि पहिलो मात्राको भेरोसेल खोप लगाउने थालिएको स्वास्थ्य शाखाले जनाएको छ ।
गत १२ गते नै नगरस्तरीय खोप समन्वय समितिको बैठकले सबै वडामा खोप लगाउने तालिका सार्वजनिक गरेको हो । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले सो सम्बन्धमा निर्णय गरेको थियो ।
हिजो पुस १५ र १६ गते वडा नम्बर १ र ३ को आधारभूत स्वाथ्य सेवा केन्द्रमा, १७ र १८ गते वडा नम्बर २ को नगर अस्पतालमा र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने निर्णय गरेको छ । त्यस्तै, हसन्दहतर्फ १५ र १६ गते वडा नम्बर ६ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र मंगलबारेमा, १७ र १८ गते वडा नम्बर ५ को हसन्दह स्वास्थ्य चौकीमा खोप लगाइने छ ।
शनिश्चरेतर्फ, १५ र १६ गते वडा नम्बर ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र ९ को वडा कार्यालयमा, १७ र १८ गते वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्र र १० को वडा कार्यालयमा खोप लगाइने तयारी गरिएको स्वास्थ्य कर्मचारी यामबहादुर खड्काले जनाए ।
छुटपुट भएकाहरुका लागि पुस १९ गते नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह स्वास्थ्य चौकीमा खोप लगाउने कार्यक्रम रहेको छ । सोका लागि वडास्तरमै समेत प्रचार प्रसार गर्ने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published.