युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टसले एटलान्टासँग उसैको मैदानमा २-२ गोलको बराबरी खेलेको हो । एटलान्टासँग बराबरी दिलाउन अन्तिम समयमा क्रिष्टियानो रोनाल्डो गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै एटलान्टाका बेराट डि्जमसिटीको आत्मघाती गोल गरेपछि युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो ।