हात्तीको आक्रमणमा परि झापामा मृत्यु हुनेको संख्या दुई पुग्यो

झापा,३ कार्तिक । जंगली दुई वटा हात्तीको आक्रमणमा परी झापाको बाह्रदशी गाउँपालिका–२ मा मृत्यु हुनेको संख्या दुई पुगेको छ । जंगली हात्तीको आक्रमणमा परेर बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुन र सोहि वडाको चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ५.४० बजेतिर मर्निङवाकमा निस्केकी खातुनलाई हात्तीले आक्रमणबाट गरेको थियो । घाइते वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।
त्यसैगरि, मर्निङवाकमा निस्केका बेला वडा नं.२ कै खाडी गाउँमा बिहान ५ बजे दुईवटा हात्तीले झप्टुलाई पनि आक्रमण गरेको थियो । खुट्टा र करङमा चोट लागेका उनलाई उपचारका लागि वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा आज बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको उनका ज्वाइँ शंकरदेव राजवंशीले बताए ।
दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

Leave a Reply

Your email address will not be published.