मोरङ ,२३ मंसिर । मोरङको सुन्दरहरैचामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।शुक्रबार राती साढे १० बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत सुन्दरहरैचा नगरपालिका– ४ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटना घाइते भएका मोटरसाइकल चालक सुन्दरहरैचा– ७ का २५ वर्षीय भूपाल मगर, सोही मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय विक्रम माझीलाई उपचारको लागि घोपा धरान पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।