नेकपा एसको कमल र कचनकबलमा कमिटी

दमक,१९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) को एकैदिन कमल र कचनकबल गाँऊ कमिटी गठन भएको छ ।होमवहादुर वरालको अध्यक्षतामा कमल गाउँ कमिटी गठन भएको छ । सो कमिटीलाई पार्टीका केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला ईञ्चार्ज इन्द्रवहादुर बुढाथोकीले सपथ ग्रहण गराएका थिए ।
भेलामा जिल्ला कमिटी सचिव मणी भण्डारीले शुभकामना दिएका थिए । यसैगरी जिल्लाको कचनकवल गाउपालिकामा मेहेरमान राजबँशीको अध्यक्षतामा कमिटी गठन भएको छ । ७१ सदस्यीय गठित कमिटीमा कौसिला न्यौपाने र सहदल मिया उपाध्यक्ष, सचिबहरुमा दल बहादुर माझी र गौर सिह माझी, भिमा भट्टराई, तुलसा भन्डरी सहसचिब रहेका छन । कार्यक्रममा केन्द्रीय सदस्य पुष्प पोखरेलको प्रमुख आतित्थ्यमा र जिल्ला अध्यक्ष बेदराज रेग्मी, जिल्ला सदस्य धर्म शिवाकोटी र आरपी पोखरेलको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.