ज्योति मण्डलीको स्वर्ण महोत्सव, एक दर्जन बढी पाष्टरहरु सम्मानित

दमक, १३ मंसिर । दमकस्थित ज्योति चर्च मण्डलीले आज विहिबार विभिन्न कार्यक्रमहरु गरि स्वर्ण महोत्सव मनाएको छ । ज्योति चर्च भवनमा आयोजित स्वर्ण महोत्सव समारोहमा सो चर्चका संस्थापकहरु, पाष्टरहरु र अगुवाहरुलाई सम्मान गर्नुका साथै भजन, प्रार्थना, बाइबल पाठ, आराधना, राष्ट्रिय गीत, र बाल संगतीबाट नृत्य प्रस्तुत गरिएको थियो ।
२०३० सालमा तत्कालिन दमक १० (हाल, दमक ५ ) मा ज्योति चर्च स्थापना भएको हो । इसाई धर्मावालम्बीहरुका अगुवा तथा सो चर्चका अध्यक्ष पाष्ष्टर मुक्ति किराँती थुलुङको अध्यक्षता र एनसीएफएनका केन्द्रीय अध्यक्ष रेभ.पाष्टर सूर्य बल तामाङ (हनोक) को प्रमुख आतिथ्यतामा भएको स्वर्णमहोत्सव कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापासहित प्रमुख अतिथि,अतिथिहरुले संयुक्त रुपमा दीपप्रज्वलन गर्नुका साथै ५०औं वर्षको अवसरमा स्वर्ण महोत्सव लेखिएको केक काटिएको थियो ।
चर्चका १५ जना पाष्टरहरुलाई सम्मान
स्वर्ण महोत्सव अवसरबीच ज्योति चर्चका १५ जना पाष्टरहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने पाष्टरहरुमा एनडी थुलुङ ,धनबहादुर लिम्बू ,रेभ चन्द्रप्रसाद राई , गम्भिर राई ,पदम थुलुङ ,गोपालमान राई , लाजरश थुलुङ , धर्मध्वज राई , लक्ष्मीप्रसाद राई , विष्णु वहादुर राई,रेभ याम लावती ,सन्तोष योङ्गहाङ ,शुभलाल चाम्लिङ , चन्द्र फागो , सिंहबहादुर श्रेष्ठ रहेकाछन् । सम्मानितहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा ज्योति चर्च दमक अन्तर्गत विभिन्न स्थानमा स्थापना भएका ३३ वटा ज्योति चर्च मण्डली र मण्डलीका पाष्टरहरुको स्वर्ण महोत्सवमा सहभागिता थियो ।
समारोहमा प्रमुख अतिथि एनसीएफका केन्द्रीय अध्यक्ष तामाङले प्रवचन दिएका थिए भने दमक नगर प्रमुख थापाले दमकमा ज्योति चर्च स्थापना भएको ५०औं वर्षको अवसरमा दमक नगरभरीका इसाई धर्मावालम्बीहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । त्यस्तैं, दमक नगर इसाई समाजका अध्यक्ष आकाश थुलुङ राई र एनएफएफ कोशी प्रदेश अध्यक्ष पाष्टर हिमाल राईले शुभकामना मन्तव्य राखेका थिए ।

स्वर्ण महोत्सवमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईसहित रेविभिन्न चर्चबाट आएका पाष्टरहरुको उल्लेखीय उपस्थिति रहेको ज्योति चर्च मण्डलीका सचिव एल्डर गोपाल हस्दाले बताए ।

Leave a Reply

Your email address will not be published.