पेट्रोल र डिजेलको मूल्य घट्यो

दमक,१३ मंसिर । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल, मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको थियो ।
यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि आमउपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखिएको छ ।मूल्य घटेसँगै काठमाडौँको हकमा पेट्रोलको मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेल १६० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published.