उद्योग दर्ता गर्नबाट असहयोग पाएको गुनासो, सडकमै गरिन पत्रकार सम्मेलन

दमक,१२ मंसिर । दमककी महिला उद्यमी विन्दु सिटौला (लक्की)ले आफुले आफ्नै नम्बरी जग्गामा उद्योग स्थापना गर्न खोज्दा दमक १ का वडाअध्यक्षले असहयोग गरेको गुनासो गरेकी छन् ।दमक -१ रतुवा खोलाको छेउमा रहेको आफ्नो १० कट्ठा जग्गामा सिमेन्ट, ब्लक, ईटा जस्ता सामाग्रि उत्पादन गर्ने ईको नेपाल ईन्फ्रास्टक्चर नामक कम्पनी स्थापना गरेर वडामा दर्ता गर्न जाँदा वडाअध्यक्ष हरि न्यौपानेले दर्ता गर्न नदिएको गुनासो गरिन् ।
सिटौलाले सोमबार वडा नम्बर १ समेत रहेको दमक नगरपालिकाको प्रवेशद्धारमा पत्रकार सम्मेलन गर्दै सिटौलाले आफुले उद्योग दर्ताका लागी वडा कार्यालय देखि नगरपालिका सम्म पटक पटक धाउँदा पनि दर्ता नदिएको आरोप लगाईन् । २०७३ सालबाट उक्त जग्गा आफ्नो नाममा ल्याएर हरेक बर्ष राजस्व बुझाउँदै आएको भए पनि अहिले उद्योग दर्ता गर्न खोज्दा वडाअध्यक्षले कहिले उक्त जग्गा दमकमा र कहिले कमल गाउँपालिकामा पर्ने भन्दै असहयोग गरेको सिटौलाको आरोप छ । अहिले आएर त वडाअध्यक्ष न्यौपानेको आदेशमा आफ्नो उक्त जग्गाको विवरण वडाको करदाता सूचीबाटै नै एकाएक हटाईएको पाईएको भन्दै उनले भनिन् , –‘वडा अध्यक्षको ज्यादतीका कारण लामोसमयदेखि आफुले हैरानी खेप्दैआएकी छु । ’
वडाअध्यक्ष न्यौपानेले अधिकार क्षेत्र बाहिर गएर आफ्नो नम्बरी जग्गालाई ऐलानी घोषणा गरेको सिटौलाले आरोप समेत लगाईन् । आफ्नो नम्बरी जग्गालाई कुन आधारमा वडाअध्यक्षले ऐलानी घोषणा गरेको हो ? भन्दै सिटौलाले साँध सिमानाका सबै जग्गा दमकको नम्बरी हुने अनि आफ्नो मात्रै ऐलानी कसरी हुन्छ ? भन्दै प्रश्न गरिन् । रोजगारी सृजना गर्ने महिला उद्यमीको रुपमा स्थापित हुने आफ्नो प्रयासमा स्थानीय सरकारबाट असहयोग भएको भन्दै न्याय दिलाईदिन सञ्चारकर्मीहरु समक्ष उनले आग्रह समेत गरिन् ।
उता वडाअध्यक्ष न्यौपानेले भने उक्त जग्गाको बिषयमा मालपोत र नापी कार्यालयमा बुझ्दा पनि दमकमै पर्ने र नम्बरीनै हो भन्ने प्रमाण नपाएकाले समस्या भएको बताए । उनले सो ठाउँमा सिटौलाले उद्योग स्थापना गर्दा संधियारहरुसंग पनि सहमति नलिएको र संधियारहरुबाटै उजुरी आएकाले पनि दर्ता सिफरिस गर्न समस्या भएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published.