गौरादहमा दुर्घटनाः सिटी चालकको मृत्यु , तीन घाइते

गौरादह,१२ मंसिर । झापाको गौरादहस्थित कार्कीचोकमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।मृत्यु हुनेमा गौरादह २ का ५० बर्षिय रघुनाथ काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गौरादहस्थित कार्कीचोकमा बेला पानीको अस्थायी नम्बर ना. अ. प. स. २५३ को पिकअप भेन र गौरादह नगरपालिका ई ५३ नं को सिटि सफारी एक आपसमा ठोक्किएर दुर्घटना हुदाँ सिटी सफारी चालक काफ्लेको मृत्यु भएको छ ।
दुर्घटनामा परेर सिटिमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी र गौरीगञ्ज निवासी पिकअप चालक गौरीगञ्जका राजेश दास पनि घाइते भएका छन् । घाइतेहरु सबैको दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.