कमलमा छोराले गरे बाबुको हत्या

दमक,११ मंसिर । झापाको कमल गाउँपालिका- ४ का २६ बर्षिय आशिष तामाङले आफनै बुबाको हत्या गरेका छन् ।आज बिहान करिब साढे ६ बजे छोरा आशिषले मादक पदार्थ सेवन गरेर ५० बर्षिय बुबा भोलाकुमार तामाङको हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोेजकुमार लामाले बताए । उनका अनुसार विहानै घरायसी झगडा हुदाँ आशिष बुबामाथि अन्धाधुन्द दाउले हानेका थिए ।
घटनापछि फरार रहेका आशिषलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्कुटर दुर्घटनामा दमकका एक युवाको मृत्यु
मोटरसाईकल दुर्घटनामा परेर दमक ५ का ३५ बर्षिय सानेकुमार राईको ज्यान गएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका– १० स्थित सडकखण्डमा आइतवार साँझ ६.३० वजे सडक दुर्घटनामा परेर स्कुटर चालक राईको राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटरले सडक किनारामा रोकेर राखेको प्र १–०४–००१ त ०३३९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा स्कुटर चालक राई घाइते भएका थिए ।
स्थानीय र प्रहरीले घाइते राईलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी पठाएकोमा उपचारको क्रममा बेलुका ७.१० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.