फरार वडाध्यक्ष भट्टराई प्रहरी सम्पर्कमा आए , अनुसन्धान हुँदै

 दमक,२ मंसीर । झापाको कमल गाउँपालिका वडा नम्बर ६ का अनिल कार्कीको मृत्युु प्रकरणमा नाम जोडिएपछि फरार रहेका वडाध्यक्ष नरेन्द्र भट्टराई घटनाको २१ दिनपछि प्रहरी सम्पर्कमा आएका छ्न । शुक्रवार इलाका प्रहरी कार्यलय दमकमा आएका उनीमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यलय झापाका प्रबक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । मृतक कार्कीलाई भट्टराई , कार्की पत्नी चाहना पोखरेल र ससुरा पुन्य प्रसाद पोखरेलले कुटपिट गरेको कारण मृत्यु हुन पुगेको कार्कीका आफन्तले आरोप लगाउदै उनीहरु विरुद्ध जाहेरी दिएका थिए । घटनापछि पत्नी र ससुरा पक्राउ परेपनि वडाध्यक्ष भट्टराई फरार थिए ।

उनका नाममा झापा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार थिए । प्रहरीले उनको खोजी जारीराखेको बेला आत्मसमर्पण गरेर प्रहरीमा आएका बताइएको छ । उनले इलाका प्रहरी कार्यलयमा बयान दिएका र जिल्ला सरकारी वकिलको कार्यलयमा सार्वजनिक बिदा खुलेपछि बयान भएपछि अदालतमा पेश हुनेछ ।यस अघि कार्की मृत्यु प्रकरणमा अनुसन्धान गर्दा वडाध्यक्ष्य भट्टराईलाई अनुसन्धान बाहिर राख्न खोजिएको भन्दै कार्कीका आफन्त र समर्थकहरुले शब बुझ्न इन्कार गरेका थिए । उनलाई अनुसन्धानको दायरामा ल्याउने सहमतिपछि उनीहरूले शब बुझेर दाहसंस्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published.