मोटरसाइकल र सिटी ठोक्किदा एक जनाको मृत्यु

उर्लावारी,१ मंसीर । सिटी सफारी र मोटरसाइकल ठोक्किएर शुक्रवार साँझ मोरङको उर्लाबारी–५ मा एक जनाको मृत्यु भएको छ ।उर्लाबारी नगरपालिका– ५ तरूण चोक स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ३० बर्षिय मौसम भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र बिपरीत दिशातर्फ आउँदै गरेको प्र १–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर सो दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले तत्काल उपचारको लागि अरनिको हस्पिटल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगेकोमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.