कार्तिक २५ मा सगुन साँझ


दमक,२३ कार्तिक ।
कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले यहि कार्तिक २५ गते सगुन साँझ २०७८ को आयोजना गर्ने भएको छ ।
दिपावली ,छैठ तथा उद्यौली पर्वका अवसर पारेर बर्सेनी आयोजना गरिदै आएको सांस्कृतिकमूलक सगुन साँझ यसवर्ष भव्य रुपले सम्पन्न गर्न लागिएको अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए ।
स्थानीय मंगलवारे वजारको प्राङगणमा हुने सगुन साँझको तयारी पूरा भएको उनले जनाएका छन् । क्लवले दिपावलीमा खेलिने देउसीभैलोलाई विदाई स्वरुप विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउदै आएको छ । साँझ ५ वजेदेखि शुरु हुने सांस्कृतिकमूलक देउसीभैलोसहितको सांगीतिक कार्यक्रम करिव तीन घण्टा सम्म सञ्चालन हुने अध्यक्ष आङदेम्बेले जानकारी दिए । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत गीत तथा नृत्य समेत प्रस्तुत हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.