ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, १८ कार्तिक । झापा, मेचिनगर नगरपालिका १० खयरडागीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय रबि झा रहेका छन् ।
हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ७०० मिलि ग्राम र नगद रु।१० हजार ८ सय ३० रुपैया सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.