पथरीशनिश्चरे प्रीमियर लिग : बिरेन्द्रनगर स्टिल टाइगर र गोर्खा लिजेण्ड विजयी

पथरीशनिश्चरे, १५ कार्तिक । चौथो संस्करणको पथरीशनिश्चरे प्रीमियर लिग क्रिकेटको बुधबारको खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र गोर्खा लिजेण्ड विजयी भएका छन् ।मोरङ्गको पथरीशनिश्चरेमा जारी चौथो संस्करण प्रिमियर लिग अन्तर्गत बिरेन्द्रनगरको दोश्रो जित रहँदा क्लासिकल हसन्दह भने पराजित भएको हो।
बिरेन्द्रनगर स्टिल टाइगरले लगातार दोश्रो जित दर्ता गर्दा क्लासिक एलाभेन हसन्दहको हारको शृङ्खला कायम रह्यो । बुधबारको खेलमा बिरेन्द्रनगर सँग १० रनले पराजित बन्दा हसन्दहलाई प्लेअप खेल्न कठिन भएको छ ।
अघिल्ला दुइ खेलबाट फर्म देखिएको बिरेन्द्रनगरले हसन्दहलाई १सय १४ रनको मध्यम लक्ष्य दिएको थियो ।१ सय १४ रन बटुल्न मैदान उत्रिएको हसन्दहले १९ ओभर ५ बलमा सबै बिकेट गुमाएर १०३ मात्रै बनाउन सक्यो । हसन्दहका सन्जय मुर्मुले २१ ,निधित राईले २० र अनुप श्रेष्ठले १८ रन जोडन बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन जोडन सकेन्न । उसलाई सस्तैमा समेटन बिरेन्द्रनगरका नेल्सन दंगालले ३, सुदिप चौधरीले २ र सुरज न्यौपाने , रेवत थक्सु र साइमन दुलालले १(१ बिकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरका रेवत थक्सु अर्धशतक बनाउन १ रनले चुके । रन आउट भएका थक्सुले ३ छक्का र ४ चौकाको मद्धतले ४९ रन जोडे । आकाश खत्रीले २१ र निशान ढकालको १३ रनको मद्दतले २० ओभरमा सबै बिकेट गुमाएर १सय १३ रन बनायो । हसन्दहका अनुप श्रेष्ठले ३, सन्जय मुर्मुले २ र सुजन खत्री, बुद्ध आले मगर , बिजय राउतले १(१ बिकेट लिए । खेलको म्यान अफ दि म्याच बिरेन्द्रनगरका रेवत थक्सु घोषित भए ।
यसैगरी, आजको पहिलो खेलमा रोयल किङलाई १० बिकेटले हराउँदै गोर्खा लिजेण्डले अपराजित यात्रा कायम राख्न सफल भयो ।
३ खेल मै जित निकालेको गोर्खाले रोयलको अपराजित यात्रालाई ब्रेक गरेको छ । रोयल माथि १० बिकेटको सनसनीपूर्ण जीत निकाल्दा गोर्खाका बलरहरुले कसिलो बलिङ गरे । १९ ओभर २ बलमा अल आउट भएको रोयल जम्मा ६३ रन जोडन सक्यो । ३ ओभर बलिङ गरेका गोर्खाका रमेश राउतले १९ रन खर्चेर ३ बिकेट लिए । रोयलका एन्जल राईले ३१ रन बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो अंकको रन जोडन सकेन्न । एन्जलले २ छक्का र २ चौका प्रहार गरे । गोर्खाका फडिन्द्र पौडेल, आभास पाहिम र ज्ञानेन्द्र श्रेष्ठले समान २(२ बिकेट लिदा कुमार खडकाले १ बिकेट लिए ।
गोर्खाले बिना बिकेट क्षतीमा ६ ओभरमै लक्ष्य भेटायो । राज पालुङवाले ३६ र योगेस श्रेष्ठ २२ रन बनाए ।खेलको म्यान अफ दि म्याच रमेश राउत घोषित भए ।
भोलि बिहीबारको पहिलो खेलमा आइतबारे अस्त्र र बुद्ध युनाइटेड भिड्दै छन् भने दोश्रो खेलमा गोर्खा लिजेन्ड र सात बाघ प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published.