दमक,५ मंसिर । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ६६ ओैं श्रृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मुकदर्शक को अध्यक्षतामा र साहित्यकार तथा उपन्यासकार छवि बैरागी घिमीरेको प्रमुख आतित्यमा र बरिष्ट साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको बिशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य कला सङगमका पूर्व अध्यक्ष तथा साहित्यकार नरपति पाण्डे, सल्लाहकारहरु हेमप्रसाद अधिकारी,डा.उत्तमप्रसाद भट्टराई,साहित्य समाज भुटानका अध्यक्ष तिलक राई ,उपाध्यक्ष दिल भुटानी ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई ,बरिष्ठ साहित्यकार खेमलाल पोखरेल, मुक्ति अस्तित्व, वीरेन्द्र थोक्लिहाङ्ग,हाङओझा थेगीम ,साहित्य कला सङ्गम लेखा समिति संयोजक गीता कुवर लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सबै स्रष्टाहरुबाट सिर्जनशिल रचना वाचन गरिएको थियो ।
रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्यकला सङगमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले , महासचिव ओमप्रसाद खनाल , सचिव बिरेन्द्र खड्का ,सह सचिव मेघनाथ बन्धु , कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्य विवेक दुलाल क्षेत्री ,सष्टाहरु किशोर खनाल, खड्गबहादुर खड्का ,यादवप्रसाद नेपाल , अम्विकाप्रसाद सापकोटा ,पदमप्रसाद ओली,त्रिलोचन रेग्मी, भुमिका चापागाई ,एकराज केशी ,उर्मिला ओली ,रधुनाथ भट्टराई, तनुजा पाण्डे लगायत रहेका छन् ।
साहित्यकला सङ्गम दमकले हरेक महिनाको पहिलो हप्ता सिर्जनशिल रचना वाचन गर्दै आएको महासचिव ओमप्रसाद खनालले बताए ।