गौरादह ,१६ कार्तिक । झापाको गौरादह नगरपालिका वडा नं ७ जामबारीमा एउटा गोरुले हानेर घाईते भएका सोही ठाउँका ४८ बर्षिय कृष्ण शर्माको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार आफैंले पालेको गोरुले हानेर घाईते भएका शर्माको नोवल अस्पताल विराटनगरमा हिजो अपरान्ह करिब साढे चार बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोरुले हानेर शर्माका सात वटा करङ भाँचिएका थिए ।
सोही गोरुले हानेर शर्माका छिमेकी ४५ बर्षिय रविन राजवंशी घाईते भएको प्रहरीले जनाएको छ ।