देउसी – भैलोमा बजाइने लोकबाजा मादल लोपोन्मुख

-छविराज ढकाल
पथरी शनिश्चरे , ५ कार्तिक । पछिल्लो समय तिहार पर्वको देउसी र भैलो जस्ता विभिन्न चाडपर्व र उत्सवहरूमा बजाईने लोक संस्कृतिमूलक मादलको प्रयोग क्रमशः घट्दै गएको छ ।
पश्चिमा लोक बाजाहरू ड्रमसेट, ब्यान्ड बाजा, पियानो , विद्युतीय किबोर्ड जस्ता बाजाहरूको प्रयोगसँगै प्रभाव परेको कारण नेपाली लोकबाजाहरू बादल बनाउने र बजाउने चलनमा समेत कमी आएको मादल व्यवसायीहरूको गुनासो रहेको छ ।
मोरङको पथरी शनिश्चरे -१० सयपत्री टोलका मादल बनाउने लक्ष्मण राईले आफ्नो मादल बनाउने पेसा लोप हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्छन् । बुफरमा हरेक प्रकारका गीत संगीत बजाएर मौलिक संस्कृतिलाई उनको सट्टा तिहार देउसे भैली जस्ता कार्यक्रमहरुमा आफ्नो मौलिक संस्कृति कला देखाउन बानी हराउँदै गएको उनले बताए । मादल बाजालाई आफै बजाएर आफ्नो मौलिक संस्कृति जगाउन सकिने र कला संस्कृति देखाउन आवश्यक रहेको उनले सुझाव दिए ।

पथरी बजारमा दुई दशक अघिदेखि वाद्यवादन लगायतका मौलिक बाजाहरू बिक्री वितरण गर्दै आएका युवा व्यापारी अर्जुन सेन्चुरीले नेपाली मौलिक संस्कृतिको धरोहर पूर्वमा रहेको मादल बनाउने र बजाउने प्रचलन घट्दै जानु दुःखलाग्दो भएको बताउँछन् । विगतको तुलनामा अहिले उत्साह पनि छैन र चाडबाडको रौनक बजारमा देखिँदैन भन्दै उनले भने, –‘चाडपर्व सुरु भएसँगै आफ्नो पसलबाट मादल लगायतका बाद्यवादन किन्ने ग्राहकहरुमा हवात्तै कमी आएको छ , यो पेशाको विकल्प खोज्ने बेला आईसकेको छ । ’

उता, पहिले बाल्यकालमा आफूले मादल बोकेर उफ्रिँदै नाच्दै आफ्नो सांस्कृतिक परम्परा संरक्षण गरेको स्मरण गर्दै पथरी शनिश्चरे वडा नं १० कै रंग प्रसाद न्यौपानेले पश्चिमली बाजाको प्रभावले नेपाली लोकबाजालाई ठूलो असर पु¥याएको र लोप हुँदै गएको सुनाउछन् । उनले यसलाई जगेना गर्न पुनः युवा यो पुस्ताले पनि घरघरमा आफ्नो सांस्कृतिक परम्परा जोगाउन मादल सहित पुरानै बाजाहरूको प्रयोग गर्नु जरुरी रहेको बताउँछन् ।
पथरी शनिश्चरे -१ एकता चोक निवासी कमला देवी ढकालले पहिलाको संस्कृति जगाउन सबैजनाले मादल बजाएर मादलकै तालमा नाचगान ,देउसी भैलौ खेलिन्थ्यो, तर अहिले आफै आफै ब्रुफर बजाएर हिँडेर संस्कृति परम्परा सङ्कटमा परेको सुनाउछिन् ।

पथरी शनिश्चरे -२ का अगुवा युवा राजकुमार गेलालले मादल बिना नेपाली लोकसंगीत अपुरो रहने उल्लेख गर्दै पञ्चेबाजा, लुक्स गीतसंगीत , लगायतमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । जसरी पञ्चेबाजा सङ्कट उन्मुख भएको छ त्यसैगरी मादलको पनि प्रयोग गरेर देउसी भैलो नाचगान र सांस्कृतिक कार्यक्रममा प्रयोग गरेर संरक्षण गर्नुपर्ने उनको भनाई छ । उनले भने, –‘ लोपोन्मुख मादलको संरक्षणको लागि हामी सबै जुट्नु पर्छ , नत्र यो वाजा यसरीनै हराउदै जाने अवस्थामा छ ।’
विशेषगरी तिहार चाडपर्व उत्सव लगायतका कार्यक्रमहरूमा प्रयोग गरिँदै आएको मादल बनाउने र बजाउने परम्परागत प्रचलनलाई जोगाउन आजको पुस्ताको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ र यसको संरक्षणको लागि आवश्यकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published.