पथरीशनिश्चरे, २५ असोज । मोरङको पथरी शनिश्चरे वडा नम्बर २ को वडा कार्यालयले चोरी तथा अन्य अपराधी घटनाहरू नियन्त्रणका लागि सार्वजनिक स्थल र चोकहरूमा सिसी क्यामेरामा जडान गरेको छ।
सुरक्षित वडा कार्यक्रम अन्तर्गत वडा कार्यालयले नेपालीहरूका महान चाड पर्वहरू बडादशैं, शुभदिपावली, छठ्,यले सम्वत् लगायत नजिकिएसँगै चोरीका घटनाहरू बढ्दै गएपछि आफ्नो वडा भित्रका मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको हो ।
वडा कार्यालयले सृजना चोक, नेवार टोल, चिउरामिल दक्षिण, बुद्दचोक, शान्ति चोक, त्रिभुज चोक र बोक्रे चोक सहित ७ मुख्य चोकहरूमा डुअल लेन्स वाईरलेस सिसी क्यामरा जडान गरिसकेको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए ।
सिसी क्यामरा जडान कार्यले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई पनि थप सहयोग पुग्ने र लागू औषध दुर्व्यसनी तथा अन्य विभिन्न अपराधिक घटनाहरू न्यूनीकरण गर्न सकिने विश्वास लिईंएको वडा अध्यक्ष नैना साम्पाङ राईले बताए ।