झापा,३१भदौं । झापाको कन्काई नगरपालिकास्थित माइखोला खडकखण्डमा आज दिउँसो टिफरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई -४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिदाँ पौडेलको गएको हो ।
दुर्घटनामा परी चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल दुवै गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेललेको उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय सुरुङगाले टिपर चालक मकवानपुर जिल्ला गडी गाउँपालिका- ८ निवासी २३ वर्षीय मन रत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।