
दमक,३१ भदौ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन ) दमक नगर समितिको अध्यक्षमा पुनः जनार्दन मैनाली निर्वाचित भएका छन् । आज भएको निर्वाचनको कार्यक्रम अनुसार उनी तेश्रो कार्यकालका लागि पुनः अध्यक्ष चुनिएका हुन् ।
सर्वसम्मत निर्वाचित उपाध्क्षमा सन्तोष दाहाल, सचिवमा नविन योगी, कोषाध्यक्षमा सुर्यबहादुर कटवाल चुनिएकाछन् । यसैगरी सदस्यहरुमा प्रविण पाठक, एजिला सिटौला र मित्र खत्री चुनिएका छन्।
यसैगरी प्रेम ओझा, समिर घिमिरे र डिल्ली न्यौपानेलाई महाअधिवेशन प्रतिनिधि का रुपमा चयन गरिएको जनाईएको छ । यसैवीच नवनिर्वाचित अध्यक्ष मैनालीले सवैले आफुलाई सर्वसम्मत रुपमा निर्वाचित गराएकोप्रति आभार प्रकट गर्दै दमकमा प्याप्सनलाई दर्बिलो बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएकाछन् ।