शिवसताक्षी २ मा वाइसीएलको कमिटी गठन


झिलझिले,३१ भदौ
। शिवसताक्षीमा योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल ) को वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलले संगठन विस्तार कार्य अन्तर्गत शिवसताक्षी वडा नं २मा लक्ष्मी प्रसाद गुरुङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको हो ।
सर्वसम्मत गठित कमिटीको उपाध्यक्षमा किशोर कुमार लिम्बू ,धङाल सोरेन, स्मिता नेम्बाङ ,सचिव भरत आङदेम्बे, सह–सचिव कासीनाथ भन्डारि र कोषाध्यक्ष बबिता राइ चयन भएका छन् ।

त्यसैगरी सदस्यमा निपेस गजमेर,सरोज थापा ,दर्शन आचार्य ,मनिस तामाङ, तिलकबहादुर चेम्जोङ,डिग्रेट इङनाम,सन्दीप खाती,पूर्ण बहादुर कडरिया,निरोज भण्डारी, मनकुमार श्रेष्ठ, तारा प्रसाद आचार्य, मनिस राई,सुरज राई, सनम शेर्मा, कृष्ण हस्दा,मनिष कार्की ,लुबुहाङ राई,पूजा तिमिल्सिना,वर्षा इङ्नाम,प्रकाश मुर्मु चयन भएका छन् ।
सोहि अवसरमा नेकपा माओवादी केन्द्रको २ नम्बर वार्ड पार्टी कार्यालय पनि सञ्चालनमा आएको छ । कार्यलय उदघाटन नेकपा माओवादी केन्द्रका झापा जिल्ला सहइन्चार्ज झलक सिंह दर्लामीले गरे ।
वाइसिएल नगर कमिटी अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सहइन्चार्ज दर्लामी , प्रदेस सदस्य कल्पना कार्की नगर अध्यक्ष महेन्द्र भट्टराई, जेष्ठ कम्युनिष्ट मञ्च जिल्ला सदस्य प्रभु फुयाल रहेको थियो । कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु,सन्जिब राई सचिव भुवन सेन्दाङ ,कोषाध्यक्ष संगीता राय ,वाइसिएल निवर्तमान अध्यक्ष भुवन राई, पार्टीका नगर कमिटी सचिवालय सदस्य सन्जय राई,कुमार कोइराला ,मोहन तुम्बापो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका नगर कार्यालय सदस्य प्रेम याम्फु राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.