दमकमा शान्ता स्मृति भेट्रान व्याडमिन्टन प्रतियोगिता हुने

दमक,३१ भदौ । दमकका सामाजिक व्यक्तित्व विमल गुरुङद्वारा आफ्नो आमा स्व. शान्ता कला गुरुङको स्मृतिमा ४० बर्ष माथिका भेट्रान व्यक्तिहरुका लागि “खुल्ला शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” आयोजना हुने भएको छ । यसको पुरस्कार राशी क्रमशः प्रथम रु २० हजार र द्वितीय पुरस्कार १० हजार रहने छ । स्वस्थ्यका लागि खेलकुद भन्ने सन्देसका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक सञ्जय लिम्बुले बताए। प्रतियोगिता स्थानीय “सौजन्य ब्याडमिन्टन कोर्ट” को सहकार्य रहने छ । प्रतियोगिता असोज ८ र ९ गते २ दिनसम्म सञ्चालन हुने संयोजक लिम्बूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.