दमकमा कवि दाहालको ‘प्रतिभा र सिर्जना ’ कृति लोकापर्ण

दमक, २४ भदौं ।  साहित्यकार गोपालप्रसाद दाहालको ‘प्रतिभा र सिर्जना ’को लोकार्पण गरिएको छ । संस्थाका अध्यक्ष बिन्दु दाहाल मूकदर्शकको अध्यक्षता र भारत सिलिगुडी निवासी बरिष्ठ साहित्यकार युवराज काफ्लेको प्रमुख आतिथ्यतामा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारीको बिशिष्ठ आतिथ्यतामा मंगलवार दमकमा विशेष कार्यक्रमका बीच दाहालद्धारा लिखीत कृतिको लोकार्पण सम्पन्न भएको हो ।

साहित्य कला सङ्गमका आजिवन सदस्य समेत रहेका कवि दाहालको सो कृतिको विषयमा साहित्यकारहरु जीवनहरि शर्मा र लिलाप्रसाद अधिकारीले समिक्षात्मक टिप्पणी गरेका थिए। कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी , प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल, मिक्लाचोङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरे , नेपाली साहित्य समाज उर्लावारीका अध्यक्ष यज्ञ परिश्रमी, नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरे ,बेलबारी साहित्य प्रतिष्ठानका अध्यक्ष रमेश निरौला ,उर्जाशिल साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डिपी.शर्मा, बुढ्यौली साहित्य समाजका अध्यक्ष हरिप्रसाद रिमाल ,साहित्य कला प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेल ,सताक्षीधाम साहित्य सङ्गम दुधेका अध्यक्ष उमानाथ दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यसरी नै कवि तथा साहित्यकारहरु हरि पराजुली , डा. खगेन्द्र प्रसाद दाहाल , दुर्गाप्रसाद सिग्देल,देवीचरण भण्डारी,बिवेक दुलाल क्षेत्री , दिल भुटानी ,शिलगुडी निवासी साहित्यकार गोपाल भट्टराई लगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा संस्था उपाध्यक्ष यादव प्रसाद अधिकारी झाक्रीखोलेले स्वागत मन्तव्य राखेका थिए भने स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरसुधा संगीत बिद्यालयको तर्फबाट संस्थाकी उपाध्यक्ष चन्द्रा गडतौलाको समूहले प्रस्तुत गरेको संस्थाका महासचिव ओमप्रसाद खनालले बताए ।
मोतीराम भट्टको जन्म जयन्तीको अवसर पारेर गरिएको सो कार्यक्रममा गजलकार मोती रामको चर्चा गर्नुका साथै मोती सम्बन्धि गजल तथा रचनाहरु प्रस्तुत गरेर १६१ ओैं मोती जयन्ती समेत मनाईएको थियो।कार्यक्रममा झापा ,मोरङ्ग, सुनसरी ईलाम र तेह्रथुमका गरि करिब एक सय साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.