पथरीमा असोज ५ देखि १२ गतेसम्म प्रथम अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप

पथरीशनिश्चरे, १९ भदौ । पूर्वी मोरङको पथरीमा यहि असोज ५ देखि १२ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप- २०८१ हुने भएको छ ।
पथरीशनिश्चरे –११ फुटबल क्लबको आयोजनामा हुने ‘प्रथम पथरीशनिश्चरे गोल्डकप–२०८१’ का लागि तयारी तीव्र पारिएको जनाएको छ ।
क्लवका अनुसार गोल्डकपमा नेपालको राष्ट्रिय ए डिभिजन क्लव सहित ८ टिमको सहभागिता रहने छ । गोल्डकप सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक संस्थाका अध्यक्ष सुमन विकले जनाएका छन्।
गोल्डकपमा चर्चित राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने हुदाँ आम फूटवल प्रेमी दर्शकले भरपूर मनोरञ्जन लिन सक्ने आयोजकको दावी छ ।
गोल्डकपमा विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
वडा नम्बर १,जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा सञ्चालन गरिने सो प्रतियोगिताको पहिलो नगद पुरस्कारका लागि अमेरिकामा बसोबास गर्दै आएका सुजल एण्ड सिष्टरले ३ लाख रुपैयाँ प्रायोजन गर्ने छन् ।
प्रतियोगिताका हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई जनही नगद ५ हजार रूपैयाँ सहित मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने अध्यक्ष विकले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.