गौहत्याको घटनाप्रति लिङ्देनद्धारा सरकारको ध्यानाकर्षण

दमक,१९ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज विहान झापाको दमकमा भएको गौहत्याप्रति विरोध गर्दे सरकारको ध्यानाकर्षण गराएका छन् ।
दमक नगरपालिका २ मा आज विहान गौहत्या भएको घटना लगत्तै आफनो सामाजिक सञ्जालमार्फत उनले गौहत्या गर्नु निन्दनीय र चरम अराजकता भएको भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले गौहत्यामा संलग्नको खोजी गरि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
दमक २ का ६७ वर्षीय लक्ष्मण बिष्टले गाईगोठमा पालेका एउटा गाई गएराति हराएको थियो । गोठबाट हराएको गाई दमक १ को अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा मारिएको अवस्थामा फेला पारिएको थियो । गाईको छाला तासेर मासु लगिएको छ ।
दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले विष्टको कोरली गाई काटेको अवस्थामा फेला परेको जानकारी दिए ।
प्रहरीले गौहत्याका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.