दमक,२८ बैशाख । झापाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाईटी कमल पालिका शाखाले सोमबार आफनो १३ औ बार्षिक साधारणसभा तथा प्रथम पालिका सभासहित निशुल्क आँखा शिविर आयोजना गरेको छ ।
कमल- ५ मंगलवारेस्थित आफनै रेडक्रस भवनमा आयोजित सभामा संस्थाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथैं संस्थामा योगदान पुरयाँउने चार जना पूर्व पदाधिकारी तथा सदस्यलाई सम्मान प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेमा पूर्व उपसभापति चन्द्रकला भण्डारी, सदस्यहरु सुरेन्द्र लिम्बू, तुलसी तिवारी र सिताराम बाँस्तोला रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राइले सम्मानपत्रसहित सम्मान प्रदान गरे । सोहि अवसरमा संस्थाले सञ्चालन गरिआएको ल्याव सेवाको गुणस्तर अभिबृद्धि गराउन कमल ५ स्थित युनाईटेड बचत तथा ऋण सहकारी संस्थाले नगद ९ हजार ९ सय ५५ रुपिया संस्थाका अध्यक्ष ललित वान्तवा र सचिव लिलम पौडेलले संयुक्त रुपमा वितरण गरेका थिए ।
रेडक्रस कमल शाखा सभापति चन्द्र साहको अध्यक्षतामा भएको सभाका अवसरमा आयोजित निशुल्क आखा शिविरमा १५२ जनाले आँखाको परीक्षण सेवा पाउनुका साथैं स्वास्थ्य परामर्श प्रदान गरिएको सचिव पारषमणि राईले बताए ।कार्यक्रममा लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष डम्बरवहादुर निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिविर विर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको थियो ।

