दमक,१७ भदौं । नेकपा एमाले निकट दमकका छ जना युवा व्यवसायीहरु एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा दमक- ६ का धनराज बस्नेत , हेमकुमार बस्नेत ,सबिना खनाल ,इन्द्रदेवी बस्नेत , जमुना बस्नेत र उषा पन्त लगायत रहेका छन् ।
उनीहरुलाई सोमबार एक कार्यक्रमका बीच पार्टी प्रवेश गराई पार्टी साधारण सदस्यता प्रदान गरिएको कांग्रेस दमक ६ का सभापति मणीकुमार बुढाथोकीले बताए ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई , कांग्रेस दमक ६ का उपसभापति पशुपति अधिकारी , झापा ५ (ख) का प्रदेश सदस्य शशीराज बिष्टको विशेष पहलमा उनीहरुलाई पार्टी प्रवेश गराईएको कांग्रेसले जनाएको छ ।