कु्टपिटबाट ओखलढुङामा एक जनाको मृत्यु, एक जना घाईते

ओखलढुंगा, २७ साउन । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रेमा ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थानका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।

गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा तेन्जिको मृत्यु भएको थियो भने आङगुबु सोही अस्पतालमानै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.