दमक,२१ साउन । जिल्लाको कमल गाउँपालिका ५ का फूटवल खेलाडी सोनु किस्कुको उपचारमा सञ्चालित अभियानबाट संकलित रकम पीडितलाई प्रदान गरिएको छ ।मिगौला समस्याका कारण उपचार गराउदैआएका किस्कुको थप उपचारमा सहयोग पुरयाउँन खेलप्रेमीहरुले स्वेच्छिक रुपले सञ्चालन गरेको अभियानमार्फत संकलित १ लाख ६ हजार ५ सय ३ रुपैया पीडितलाई प्रदान गरिएको हो ।
सोमबार अभियान टोलीले उनको घरैमा पुगेर संकलित रकम विरामीसहित किस्कुका परिवारलाई हस्तान्तरण गरिएको थियो । सोनुको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका र उनको उपचारमा सघाउँ पुरयाउँन गत असार ३० देखि साउन २०गतेसम्म २० दिने ’सोनु किस्कु बचाउ अभियान’ सञ्चालन गरि उक्त सहयोग जुटाईएको थियो ।
अभियान चक्र मावो र अभिशेक थुलुङ राई संयोजक रहने गरि एउटा समिति गठन गरिएको थियो । संयोजक थुलुङले अभियानमा सहयोग पुरयाँउने सवै प्रति धन्यवाद प्रदान गरे ।
यता अभियानमार्फत प्राप्त रकम बुझदै किस्कुले आफनो उपचारका लागि उपलव्ध सहयोग प्रति धन्यवाद दिए । उनले भनेका छन् , –‘मेरो अवस्थालाई बुझेर तपाईहरुले दिनु भएको थोरै सहयोग भए पनि मेरा लागि निकै ठूलो सहयोग भएको छ र मैले जति धन्यवाद दिए पनि कम नै हुन्छ । तपाईंहरूको सानो सहयोगले गर्दा आज मैले फेरी नयाँ जीवन पाएको छु । म र मेरो परिवारको तर्फबाट ज जसले सहयोग गरिदिनु भएकोछ सम्पूर्णमा धन्यवाद दिन चाहन्छु । ’