दमक,२२ साउन । झापाका लोकदोहोरी कलाकर्मीहरु संगठित भएका छन् ।बिर्तामोडमा सोमबार सम्पन्न लोकदोहोरी कलाकर्मीहरुको भेलाले दमकका टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला गठन गरिएको हो । एम्बुलेन्स सञ्चालक ढकाल लोक तथा दोहोरी गीतका आशलाग्दो प्रतिभा मान्निछन् ।
गठित तर्दथ समितिको सहसंयोजकमा राजु गिरी, सदस्य सचिवमा गुमानसिंह तामाङ , आर्थिक संयोजकमा कमला नेम्बाङ चुनिएका छन् । समितिको सदस्यहरुमा राम विष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी, निरज पोख्रेल, अपेक्षा तामाङभिमप्रसाद न्यौपाने, ओम कँडेल,अम्बिका प्रसाद फूयल,सन्तोषकुमार आले मगर, रोहित नेपाल ,ज्ञानु सुब्बा लगायत रहेका छन् ।