स्ववियू उपसभापतिमा बस्नेत र सहसचिवमा लिम्बू निर्वाचित

दमक,२१ साउन । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वले पूर्णता पाएको छ । २०७९ चैत ५ गते सम्पन्न स्ववियू निर्वाचनबाट सभापतिमा नेविसंघका सोविम न्यौपाने निर्वाचित भएका थिए । निर्वाचन भएको करिव २८ महिना पछि स्ववियूको उप–सभापति र सहसचिव पदमा निर्वाचन मार्फत निर्वाचित भएसंगै कार्यसमितिले पूर्णता पाएको हो ।
बिधान अनुसार स्ववियूको दुई पदाधिकारीतर्फ पदका लागि गत साउन १८ गते सम्पन्न निर्वाचनबाट उपसभातिमा नेविसंघकै भुवन बस्नेत र सहसचिवतर्फ अनेरास्ववियूका भिजन लिम्बू निर्वाचित भएका छन् । ती दुई पद चयन गर्नका लागि सत्तारुढ संगठनबीच तालमेल भएको थियो ।
निर्वाचन सम्पन्न गर्न क्याम्पसले प्रमुख प्रशासकीय अधिकृत पदम घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.