कांग्रेस नेतृ लिम्बू भूपूसैनिक विभाग प्रमुखमा मनोनित

दमक ,२१ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू पार्टीद्धारा गठित भूपु सैनिक विभागकी प्रमुखको जिम्मेवारीपाएकी छन् ।
पार्टी सभपाति शेरवहादुर देउवाले सोमबार विधान अनुसार ३७ वटा विभिन्न विभाग बनाएका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् । विभागीय प्रमुखहरु मध्ये झापाबाट भने लिम्बूले मात्र त्यस्तो अवसर प्राप्त गर्न सफल भएकी छन् । यसैवीच ,पार्टीको भूपु सैनिक विभागकी नवनियुक्त प्रमुख लिम्बूले पार्टी संगठन निर्माणमा भूपुसैनिकहरुको योगदान अतुलनीय रहेकाले अव त्यो समुदायबीच पार्टी स्थापित गर्न आफूले काम गर्ने उल्लेख गरिन्।
सामाजिक तथा राजनीतिक व्यक्तित्व नेतृ लिम्बू दमक ८ मा बस्दैआएकी छन् । उनको पिता स्व. मुगाधन राई प्रजातन्त्रका सेनानी हुन् । भुपु सैनिक पारिवारिक पृष्ठभूमिका राई परिवारकी उनी दुई पटक संविधानसभाका सदस्य भएर काम गरिसकेको अनुभव सम्हालेकी छन् ।

Leave a Reply

Your email address will not be published.