ट्रकको ठक्करबाट दमकमा दम्पत्तीको मृत्यु

दमक,१३ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक- ४ स्थित चियादोकान सडकखण्डमा गएराती ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्युभएको छ ।
मृत्यु हुनेमा कन्काई नगरपालिका ३ का होटल व्यवसायी ४३ बर्षिय पूर्णवहादुर बिष्ट र उ न की ३६ बर्षिया श्रीमती भिमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पत्ती सुुरुङ्गास्थित होटेल हेबनका सञ्चालक रहेको बुझिएको छ ।
प्रहरीका अनुसार राती १० वजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदे गरेको ना.४ ख. ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।
ठक्करबाट घाईते दम्पत्तीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.