दमक,३१ असार । झापाको कमल गाउँपालिका ५ निवासी युवा फुटबल खेलाडी सोनु किस्कुको मिगौलामा समस्या देखिएपछि उनको उपचारमा सघाउँ पुरयाँउन अभियान सञ्चालन गरिएको छ ।
किस्कुको देब्रे मिर्गौलामा समस्या देखिएपछि आर्थिक अवस्था कमजोर भएका उनको उपचारमा सघाँउ पुरयाँउन गठित अभियानमा सहयोग जुट्ने क्रम बढ्दै गएको हो । उनका साथीभाईहरुले सहयोग जुटाउने अभियान सामाजिक सञ्जालमार्फत तीव्र बनाउदैआएका छन् ।
अभियान अभिशेक थुलुङ राई र चक्र मावो संयोजक रहेको एक समिति गठन गरिएको जनाएको छ । अभियान यहि साउन २० गतेसम्म सञ्चालन गरिने उल्लेख गरेका छन् । अभियानमार्फत प्राप्त हुने सवै रकम विरामी किस्कुको उपचारका लागि परिवारलाई प्रदान गरिने संयोजक मावोले बताएका छन् ।
अभियान टोलीले सामाजिक सञ्जालमार्फत युवा खेलाडी किस्कुको पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएकाले उनको जीवनरक्षाका लागि खेलकुदप्रेमी सबै युवाहरु,शुभचिन्तक तथा सवै मनकारीहरुमा सक्दो सहयोग पुरयाईदिन आग्रह गरेका छन् ।