
दमक,१० असार । जिल्लाको माइपश्चिम क्षेत्रका पाँच वटै स्थानीय तहले आर्थिक बर्ष २०७९-८० का लागि आज नीति तथा कार्यक्रमसहितको वजेट ल्याएका छन् । दमकसहित शिवसताक्षी ,गौरादह नगरपालिका, कमल, गौरीगञ्ज गाउँपालिकासहित झापाका १५ वटै स्थानीय तहले शुक्रवार वजेट ल्याईसकेका छन् ।
गौरीगञ्जको रु ४७ करोड २८ लाख ८९ हजार बढीको वजेट
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा भएको ११ औ गाउँ अधिबेशनमा उपाध्यक्ष पूजन न्यौपानेले नीति तथा कार्यक्रमसहित रु ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाको अनुमानित आयव्यय सार्वजनिक गरिन् ।
सार्वजनिक गरिएको वजेटतर्फ चालू व्ययमा रु २५ करोड ८६ लाख २३ हजार, पुजीँगत तर्फ रु २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ उल्लेख छ । आय तर्फ नेपाल सरकार समानिकरण अनुदान रु १३ करोड ३६ लाख, सशर्त अनुदान रु १८ करोड ९३ लाख, राजस्व बाँडफाँड संघिय सरकार रु ९ करोड ६२ लाख ३२ हजार, प्रदेश सरकार समानीकरण अनुदान रु ७२ लाख २४ हजार, सशर्त अनुदान रु २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार रु ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्रोत रू २ करोड ७ लाख उल्लेख छ ।
गाउँपालिकाले माध्यमिक तह ११ र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र एमबीबीएसमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था मिलाउने ,छोरीलाई पनि आर्थिक रूपमा सक्षम बनाउनु पर्छ भन्ने उदेश्यसहित वैंक तथा वितीय संस्थामा बाल बचत खाता खोलि गाउँपालिकाको तर्फबाट अनुदानको व्यवस्था मिलाउने छ ।
त्यसैगरी गाउँपालिकाकाले गाउँपालिकावासीलाई सर्पले टोकी बाहिर उपचार गर्न लानु पर्ने अवस्था रहेमा उपचारमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले व्यवस्था मिलाउने छ । एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीको रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै, पालिकाले एक घर एक दुधालु गाई, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएको छ ।
प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ रु ७ करोड, पुँजीगत तर्फ रु २ करोड २५ लाख, कृषिमा रु ७५ लाख, पशुसेवामा रु ३५ लाख, पर्यटनमा रु २ लाख, सहकारीमा रु ३ लाख, शिक्षामा रु २ करोड, स्वास्थ्यमा रु १ करोड १० लाख, युवा तथा खेलकुदमा रु १५ लाख, पूर्ण सरसफाईमा रु ३ लाख, शहरी विकासमा रु २० लाख, सडक र पुल निर्माण रु २ करोड १५ लाख, भवन निर्माणमा रु २५ लाख, विद्युतमा रु ५१ लाख रूपैयाँ वजेट विनियोजन गरिएको उल्लेख छ ।
कमलको रु ७१ करोड १२ लाख ३३ हजार रुपैयाको वजेट
कमल गाउँपालिकाले रु ७१ करोड १२ लाख ३३ हजार रुपैयाको वजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको गाउँसभाले गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बजेट पेश गरिन् ।
प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ रु ३ करोड ६९ लाख ६० हजार, सामाजिक विकासतर्फ रु २८ करोड २२ लाख ९७ हजार ५०० र पूर्वाधार विकासतर्फ रु २६ करोड २० लाख ८७ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५१ लाख २० हजार, संस्थागत सुशासनतर्फ ११ करोड १७ लाख ६८ हजार र पर्यटनतर्फ १ करोड रुपैयाँ विनियोजित गरिएको उल्लेख छ ।
दमकको वजेट १ अर्व ६३ करोड ४० हजार बढी
दमक नगरपालिकाको ११ औ नगर अधिबेशनको बैठकमा उपप्रमुख रेगिना भट्टराईले रु १ अर्व ६३ करोड ४० हजार ४४४ रुपैयाको वजेट सार्वजनिक गरिन् ।
शुक्रबार दमक नगरपालिकाको नगर सभामा उपप्रमुख भटटराईले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन् । नीति तथा कार्यक्रम र बजेटबारे बोलदै दमक नगर प्रमुख रामकुमार थापाले आर्थिक वर्ष २०७९÷०८० मा अति विपन्न कम्तीमा पनि ३ सय घरपरिवारलाई अत्य आवश्यकीय दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराउने उल्लेख गरे ।
अति विपन्नलाई खाना, नाना र छानाको बन्दोबस्त नगरपालिकाले गर्नेछ, नगर प्रमुख थापाले भने । नगरपालिकाले विपन्न पहिचान गरेअनुसार अति विपन्नलाई यो सुविधा उपलब्ध गराइने उनको भनाइ छ । विपन्न पहिचान कार्यविधि बनाएर नगरपालिकाले विपन्न पहिचान गरिसकेकाले सोही अनुसार ३ सय परिवारको आधारभूत आवश्यकता पूरा गर्ने नीति तथा कार्यक्रममा ल्याएको उनले उल्लेख गरेका छन् ।
विपन्न पहिचान कार्यविधिमा स्वास्थ्य बिमामा ५० प्रतिशत, नगर अस्पतालमा उपचारमा ५० प्रतिशत, राशन कार्ड व्यवस्था गरी दैनिक अत्यावश्यकीय खाद्य सामग्रीमा छुट दिने उल्लेख छ । यसका साथै अति विपन्नलाई नगरपालिकाबाट प्रदान गरिने सेवा तथा सिफारस शुल्कसमेत मिनाह दिने छ ।
नगरपालिकाले एक घर, एक धारा÷ट्युवेल एक शौचालयको प्रवन्ध गर्ने पनि नीति तथा कार्यक्रममा आएको छ । उपप्रमुख भट्टराईले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दमक क्षेत्रभित्रका विपन्न परिवारलाई निशुल्क शव वाहनको व्यवस्था गर्ने समेत उललेख गरिन् ।
उपप्रमुख भट्टराईले आर्थिक वर्ष २०७९-०८० का लागि एक अर्ब ६३ करोड ४० लाख ४० हजार बराबरको बजेट पनि प्रस्तुत गरिन् । नीति तथा कार्यक्रमसहित वजेट माथि छलफल थाल्ने नगर प्रमुख थापाले बताए । प्रस्तुत नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गते सम्ममा नगर प्रमुखलाई सुझाव पेश गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगर प्रमुख थापाले जानकारी दिए ।
मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख बढी
झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रमका लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा मेचीनगर नगरपालिकाको आर्थिक विधेयक २०७९ को विनियोजन विधेयक प्रस्तुत गदैं उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०७९र०८० को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय,विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने स्पष्ट पारिन् ।
नगरप्रमुख उप्रेतीले अनुसूची १ दफा ३ बमोजिम सञ्चित कोषाबट विनियोजित रकम चालु खर्चतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्च ७० लाख ४ लाख ४ हजार १६, वित्तिय व्यवस्थातर्फ ६० लाख गरी कुल १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन । संघीय सांसद् राम कार्कीले प्रमुख अतिथिको आसनबाट दोस्रो नगर सभाको प्रथम वैठकको उद्घाटन गरेका थिए ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको छ ।
अर्जुनधाराको ७४ करोड एक लाख ५३ हजार बढीको बजेट
अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९-०८०को लागि अनुमानित ७४ करोड एक लाख ५३ हजार दुई सय तीस रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम शुक्रबारदेखि सुरु भएको ११औं नगर सभामा पेश गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले आगामी आर्थिक वर्षको राजश्व र व्यय ९बजेट०को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।
अर्जुनधारा–८स्थित सामुदायिक भवनको सभाहलमा नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख एवम् बजेट तर्जुमा उपसमितिकी संयोजक खड्गमाया पराजुलीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत बजेटको आयतर्फ नेपाल सरकार वित्तीय समानिकरणमा १९ करोड ११ लाख रुपैयाँ, राजश्व बाँडफाँडमा १२ करोड ४५ लाख १२ हजार रुपैयाँ, सशर्त अनुदानमा २७ करोड ४१ लाख रुपैयाँ, विशेष अनुदानमा दुई करोड १० लाख रुपैयाँ, समपुरक अनुदानमा ८० लाख रुपैयाँ र मालपोत रजिष्ट्रेसन बाँडफाँडमा तीन करोड रुपैयाँ उल्लेख गरिएको छ ।
त्यसैगरी प्रदेश सरकार वित्तीय समानिकरणमा एक करोड छ लाख ७५ हजार रुपैयाँ, राजश्व बाँडफाँड (सवारी ) मा एक करोड ५६ लाख ४३ हजार दुई सय ३० रुपैयाँ, सशर्त अनुदानमा एक लाख २३ हजार रुपैयाँ र समपुरक अनुदानमा एक करोड रुपैयाँ तथा आन्तरिक आयमा पाँच करोड ५० लाख रुपैयाँ उल्लेख गरिएको छ ।
त्यस्तै बजेटको व्ययतर्फ प्रशासनिक खर्चमा १५ करोड रुपैयाँ, सशर्त कार्यक्रम (नेपाल सरकार ) मा २७ करोड ४१ लाख रुपैयाँ, सशर्त कार्यक्रम(प्रदेश सरकार)मा एक लाख २३ हजार रुपैयाँ, विशेष अनुदानबाट सञ्चालन हुने कार्यक्रम(नेपाल सरकार ) मा दुई करोड १० लाख रुपैयाँ, समपुरक अनुदानबाट सञ्चालन हुने कार्यक्रममा ८० लाख रुपैयाँ, समपुरक अनुदानबाट सञ्चालन हुने कार्यक्रममा एक करोड रुपैयाँ उल्लेख गरिएको छ ।
यता वित्तीय व्यवस्थामा ४० लाख रुपैयाँ, आर्थिक विकासमा एक करोड ५० लाख रुपैयाँ, पूर्वाधार विकासमा पाँच करोड पाँच लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा एक करोड २५ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ, सामाजिक विकासमा चार करोड ४९ लाख ३० हजार दुई सय ३० रुपैयाँ, समपुरक कोषमा दुई करोड रुपैयाँ, साझेदारी कोषमा एक करोड रुपैयाँ, वडास्तरिय कार्यक्रममा ११ करोड रुपैयाँ उल्लेख गरिएको छ ।
कचनकवलको बजेट ५३ करोड ८३ लाख
कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो गाउँसभाको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशुपंछीतर्फ एक करोड ५० लाख रुपैयाँ, शिक्षामा एक करोड, स्वास्थ्यमा १३ करोड ५० लाख, खानेपानीमा ५० लाख, वन, वातावरण, संस्कृति तथा पर्यटनमा ५० लाख, खेलकुदमा २० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा ५० लाख र भौतिक पूर्वाधार, सडक निर्माण ,भवन निर्माण एवं स्तरोन्नतिमा ५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै फोहोरमैला व्यवस्थापनमा पाँच लाख, नदी नियन्त्रण तथा तटबन्धमा ५० लाख, गाउँपालिका साझेदारीमा एक करोड, सुशासन तथा संस्थागत क्षमता विकासमा १५ लाख, विपद व्यवस्थापनमा ३० लाख, मर्मत सम्भारका एक करोड, सूचना प्रविधि तथा सञ्चारमा २० लाख, न्यायिक समितिमा १५ लाख र विद्युत विस्तार तथा वैकल्पिक ऊर्जाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बिर्तामोडको वजेट १ अर्ब ३८ करोड
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० -सामाजिक सुरक्षाको बजेट समेतको बजेट प्रस्तुत गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गरे।
बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँड बाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदान बाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसै गरि यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने संघीय शसर्त अनुदान चालु तर्फ २६ करोड ७१ लाख तथा पुँजीगत तर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार,समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।
चालु खर्चतर्फ प्रशासनिक खर्च,कृषि,पशुविकास,शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान,क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्ग, पुजीगत तर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा,कृषि,पशुविकास,तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन,मर्मत सम्भार कोष,विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत,फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरि वजेट प्रस्ताव गरिएको उपप्रमुख संग्रौलाले बताए ।
चालु आर्थिक वर्ष २०७८-०७९ को कुल वार्षिक बजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएको थियो । जस अनुसार आर्थिक वर्ष ०७८-०७९ को बैशाख मसान्तसम्मको आय तर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्यय मध्ये चालु तर्फ ३३ करोड ४० लाख ८५ हजार र पुजीगत तर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ हजार व्यय भएको आय–व्यय विवरण समेत प्रस्तुत गरिएको छ ।
झापा गाउँपालिकाले ल्यायो ५० करोड ८१ लाख ५३ हजारको बजेट
झापा गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि ५० करोड ८१ लाख ५३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
झापा गाउँपालिकाको सभाहलमा शुरु भएको बाह्रौ गाउँसभामा उपाध्यक्ष अन्जुदेवी थपलियाले आर्थिक वर्ष २०७९–८० को वजेट प्रस्तुत गरेकी थिईन् ।
झापा गाउँपालिकाको चालु आर्थिक वर्षमा २०७८–७९ मा ४५ करोड ७४ लाख ५ हजार ५ सयको बजेट रहेको थियो । आगामी आर्थिक वर्षका लागि ५ करोड ७ लाख ४८ हजार वजेट बढी ल्याएको हो ।
संघीय राजश्व वाँडफाँड प्राप्त हुने ९ करोड ९८ लाख ६ हजार , संघीय सशर्त अनुदान २० करोड ९७ लाख , संघीय समानीकरण अनुदान १२ करोड ४९ लाख , संघीय समपुरक अनुदान १ करोड ६० लाख , संघीय विशेष अनुदान १ करोड , प्रदेश समानीकरण अनुदान ७३ लाख ४६ हजार , प्रदेश राजश्व बाँडफाँड ४२ लाख २४ हजार ५ सय , प्रदेश सशर्त अनुदान १ लाख २३ हजार , प्रदेश समपुरक अनुदान १ करोड र आन्तरिक आय १ करोड ६० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, प्रस्तु वजेटको व्ययतर्फ पूर्वाधार विकास कार्यक्रमतर्फ ११ करोड ६७ लाख ८९ हजार ५ सय , आर्थिक विकासतर्फ २ करोड ०६ लाख , वन वातावरण विपद तथा सरसफाईतर्फ ६ लाख , संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ १४ लाख , सामाजिक विकासतर्फ ४ करोड २० लाख ४१ हजार , संघीय सशर्त अनुदान २० करोड ९७ लाख , संघीय विशेष अनुदान १ करोड , सघीय समपूरक अनुदान १ करोड ६० लाख उल्लेख छ ।
भद्रपुरको बजेट ९१ करोड ३४ लाख
भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९ (०८० को ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
भद्रपुर नगरपालिकाको ११औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकासरसेवा प्रवाह र सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताइन् ।
चालु आर्थिक वर्ष २०७८र०९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।
नगरसभामा प्रस्तुत अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार, प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार उल्लेख छ ।
यस्तै संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड, सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार, विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ ।
नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा संघ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोरिने अनुमान गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
कनकाइको वजेट ८४ करोड
कनकाई नगरपालिकाको आर्थिक बर्ष २०७९-८० का लागि ७३ करोड ८५ लाख ६१ हजार, ४२० रुपैँयाको बजेट बिनियोजित भएको छ ।
नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले आज भएको ११ औ नगरसभामा उक्त बजेट पेश गरिन् । उक्त बजेटमा ६८ बर्षमाथिका उमेर पुगेका र तोकिएका समूहका व्याक्तिहरुको करिव २५ करोड रुपैँया सामाजिक सुरक्षा भक्ता बापतको रकम भने समावेश नगरिएको शिवाकोटीले बताइन् ।
बजेटमा संघिय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैँया अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशनबापत प्राप्त हुने २ करोड, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई बिभिन्न शीर्षकमा बिनियोजन गरिएको नगर उपप्रमुख शिवाकोटीेले बताइन्।
जसमा कृषि तथा पशुपक्षी कार्यक्रममा २ करोड २५ लाख रकम बिनियोजन गरिएको छ । यसैगरि शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाईमा ५० लाख, वन वातवरण, सस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला वालवालिका तथा लक्षित बर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत विस्तारमा ३५ लाख लगायत रहेको छ ।
यसैगरि कनकाई नगरपालिकाका ९ वटै वार्डलाई ९ करोड ६ लाख १३ हजार रुपैँया बिनियोजन गरिएको छ ।
यस बर्षको बजेटमा कृषि र पशुपालनको रुपान्तरण र प्रविधिको प्रयोग वढाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाइने, गरिब र भुमिहिनलाई व्यवस्थापन गरिने, पर्यटकिय क्षेत्रको उजागर गरि आर्थिक विकास गरिने लगायतका बजेटका प्राथमिकता रहेको नगर उपप्रमुख शिवाकोटीले बताइन्।