यौनिक तथा लैङगिक अल्पसंख्यकहरुद्धारा रक्तदान


दमक,१० असार । यौनिक तथा लैङगिक अल्पसंख्यकहरुद्धारा आज विहिबार यहाँ आयोजित रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको छ ।
यौनिक तथा लैङगिक अल्पसंख्यकहरुको क्षेत्रमा कार्यरत संस्था लिड नेपालले जुन महीनालाई प्राइड अफ मन्थका अवसर पारेर आयोजना गरिएको रक्तदानमा २० पिन्ट रगत संकलन भएको लिड नेपालकी कार्यक्रम संयोजक चन्चला सुब्बाले बताईन् ।
कोरोना महामारीका समयमा विरामीलाई रगतको अभाव हुन सक्ने भन्दै यौनिक तथा लैङगिक अल्पसंख्यकहरुको सहभागितामा रक्तदान गरिएको उनले बताईन् ।
उनका अनुसार यौनिक तथा लैङगिक अल्पसंख्यकहरुले जुन महीनालाई गौरवका रुपमा मान्दै विश्वभरि विभिन्न कार्यक्रमहरु गरि मनाउने गरिन्छ । रक्तदान दमकस्थित नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रमा स्वास्थ्य सावधानी कायम गरि सम्पन्न गरिएको लिड नेपालले जनाएको छ ।
यसैगरि गत मंगलवारनै निलहिरा समाज र लिड नेपालको सहकार्यमा यौनिक तथा लैङगिक अल्पसंख्यकहरुलाई खाद्यान्न राहत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.