युरोकप : शनिबारदेखि नकआउट चरण

काठमाडौं,१० असार (एजेन्सी ) विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।

नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।

अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।

को-को भिड्दैछन् ?

असार १२ गते शनिबार नकआउट चरणको पहिलो खेलमा नेपाली समयअनुसार राति ९:४५ मा वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । सोही रात १२:४५ बजे इटली र अस्ट्रियावीच खेल हुनेछ ।

असार १३ गते आइतबार नेपाली समयअनुसार राति ९:४५ मा नेदरल्यान्डस् र चेक गणतन्त्रबीच प्रतिस्पर्धा हुनेछ । रोही रात १२:४५ मा बेल्जियम र पोर्चुगल भिड्नेछन् । असार १४ गते सोमबार नेपाली समयअनुसार राति ९:४५ मा क्रोएसिया र स्पेन भिड्नेछन् भने राति १२:४५ मा फ्रान्स र स्वीटरजल्यान्ड भिड्नेछन् ।

असार १५ गते मंगलबार नेपाली समयअनुसार राति ९:४५ मा इङल्यान्ड र जर्मनी भिडनेछन् । राति १२: ४५ मा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणको खेल सकिएको तीनदिनपछि अर्थात् असार १८ गतेदेखि क्वार्टर फाइनल चरण शुरु हुनेछ ।

असार २२ र २३ गते सेमिफाइनल खेलहरु हुनेछन् । र, युरोकप–२०२० को फाइनल खेल २७ असार, नेपाली समयअनुसार मध्यराति १२: ४५ मा लण्डनको बिम्बली रंगशाला हुनेछ ।

Leave a Reply

Your email address will not be published.