दमक ,६ जेठ । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले विहिबार विभिन्न कार्यक्रम गरि १४ औ बार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसर पारेर सहकारीले विहिबार रक्तदानसहित दन्त तथा छाला ,यौन तथा सौन्दर्य सम्बन्धी शिविर सञ्चालन गरेको छ ।
रक्तदानमा ८९ पिन्ट रगत संकलन भएको छ । व्यवस्थापक भुपाल बस्नेतका अनुसार रक्तदानतर्फ संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक बालकृष्ण बस्नेत,सचिव सन्जय कुमाल,लेखा संयोजक प्रेम दुलाल, कर्मचारी प्रदिप बस्नेत,गुहेश्वरी सामाजिक संस्थाका अध्यक्ष गोपाल निरौला,सहकारीकर्मी गोविन्द तिवारी लगायतका सञ्चालक ,कर्मचारी तथा शेयर सदस्यहरुले रगतदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको उक्त रक्तदानमा सहभागिहरुलाई मायाको चिनो स्वरुप अमलाको विरुवा प्रदान गरिएको थियो ।
यसैगरि, दमकको जोब्रा डेन्टल केयरको प्राविधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा ३८ र छाला तर्फ ७५ जनाले सेवा लिएका अध्यक्ष शेरवहादुर श्रेष्ठले बताए । दन्त शिविरमा डेन्टलकी डा. अंकिता चौधरीसहितको स्वास्थ्यकर्मी टोली संलग्न थिए भने छाला सम्बन्धीको परीक्षण डेजी स्किन केयरले प्राविधिक सहयोग पुरयाँएको थियो । संस्थाले निशुल्क शिविरसहित रक्तदानमा सहयोग पुरयाँउने संस्थालाई प्रंशसापत्र समेत प्रदान गरिएको थियो ।
शिविर सञ्चालन अघि औपचारिक कार्यक्रमका बीच संस्थाले तयार पारेको केक काटेर कार्यक्रम शुभारम्भ गरिएको थियो । संस्थाले बार्षिकोत्सवका अवसरमा यसअघि शेयर सदस्य शिक्षा,वृक्षारोपण सम्पन्न गरेको थियो । कमल ५ सितापुरीस्थित पाथीभरा धाम परिषरमा आँप,लिची,सुपारी लगायत उन्नत जातका १५० विरुवाहरु रोपिएको थियो ।