यौनिक तथा अल्पसंख्यकहरुले दमकमा मनाए ‘प्राइड परेड कार्यक्रम’

दमक,६ असार । प्राइड गौरव महीनाको अवसर पारेर विहिबार दमकमा यौनिक तथा अल्पसंख्यकहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् ।यौनिक तथा अल्पसंख्यकहरुको अधिकारका क्षेत्रमा काम गरिआएको संस्था लिड नेपालले अघिल्ला बर्षझै यसवर्ष पनि प्राई गौरव महीना सचेतनामूलक नाटक,नृत्य तथा ¥याली गरि मनाईएको लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला) ले बताईन् ।
जुन महिनालाई रंगीन महिनाको रूपमा विभिन्न यौनिकता र लैंगिक पहिचान भएका व्यक्तिहरुले मनाउने गर्दछन् । यो महिनामा समुदायमाथि हुने हिंसा, विभेदलाई अन्त्य गर्नका लागि गौरवका साथ चिनाउने गरिएको उनको भनाई छ।लिड नेपालले विगत छ वर्षदेखि यौनिक तथा अल्पसंख्यकहरुको अधिकार,स्वरोजगार तथा सामाजिक सुरक्षाका विषयमा विभिन्न सामाजिक गतिविधिहरु गरिआएको उनले बताईन् ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा यौनिक तथा अल्पसंख्यकहरुको विषयलाई समेटेर नाटक मञ्चन गर्नुका साथै विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । नृत्यमा समेत उनीहरुको कथालाई चित्रण गरिएका सन्देसमूलक नृत्यहरु प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए ।
संस्थाको कार्यालयमा भएको सो कार्यक्रममा नगर उपप्रमुखसहित सहभागि वक्ताहरुले समाजमा विभेद रहेका यी समुदायलाई समाजमा पुर्नास्थापना गराउन सवै लाग्नुपर्ने औल्याएका थिए । त्यस्तै कार्यक्रममा यौनिक तथा अल्पसंख्यकहरुको प्रतिनिधित्व गर्दे मिस पिंककी फष्ट रनअरअप भएकी अनमोल राई, सेकेण्ड रनरअप आरोही बस्नेतले आफनो अनुभव सुनाउदै यौनिक तथा अल्पसंख्यकहरु समुदायको शसक्तीकरणमा सवै क्षेत्रको योगदान आवश्यक भएको बताएका थिईन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निसान थापा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु सन्तोष गौतम , लिड नेपालमा आवद्ध समुदायहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रमका बीच उनीहरुले दमक चौंक,वजारमा सन्देसमूलक ¥याली निकालेको थियो भने दिप प्रजज्वलन गरि रमाइलो उत्साह उत्सव गरि मनाईएको कार्यक्रम संयोजक लिम्बूले बताईन् । सो कार्यक्रम सम्पन्न गर्न निल हिरा समाज केन्द्रीय कार्यलय साथै दमक नगरपालिकाले सहयोग पुरयाँएको थियो ।

Leave a Reply

Your email address will not be published.